arrow

स्वास्थ्य स्वयंसेविकाको सम्मान र सुविधा सुनिश्चित हुन्छ– मन्त्री थापा

logo
प्रकाशित २०७३ मंसिर २० सोमबार
Gagan-thapa.jpeg
काठमाडौं । स्वास्थ्य मन्त्री गगनकुमार थापाले स्वास्थ्य स्वयम्सेविकाहरुको सम्मान र सुविधालाई सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयले प्रभावकारी कदम चाल्ने बताएका छन् । तेह्रांै राष्ट्रिय स्वास्थ्य स्वयम्सेविका दिवसका अवसरमा बधाई तथा शुभकामना सन्देश दिदै मन्त्री थापाले स्वास्थ्य स्वयम्सेविकाको क्रियाशिलतालाई थप अभिबृद्धि गर्न निकट भविश्यमै केही कदम चाल्ने बताएका हुन् ।  
 
आमा र बच्चालाई घर दैलोमा स्वास्थ्य सेवा र सन्देश बहाकको रुपमा महिला रहेका स्वयम्सेविकाहरुलाई समय सापेक्ष व्यवस्थित र प्रभावकारी बनाउन सरकार तदारुकताका साथ लागेको मन्त्री थापाले जानकारी दिए । 
 
महिला स्वास्थ्य स्वयम्सेविकाको निश्वार्थ सेवा, स्वास्थ, संबृद्ध राष्ट्र निर्माणमा टेवा भन्ने मुल नाराका साथ मनाउन लागिएको दिवसको अवसरमा मन्त्री थापाले स्वास्थ्य स्वयमसेविकाहरुको योगदान र भूमिकाको पटक पटक प्रशंसा गरे । 
 
देशभर अहिले क्रियाशील रहेका ५१ हजार ४ सय ७० जना स्वास्थ्य स्वयम्सेविकाले परिवार नियोजनका साधन, सुरक्षित मातृत्व, झाडापखाला लगायतका विषयमा सेवा तथा जानकारी दिने गरेका छन् । 
 
त्यसैगरी उनीहरुले भिटामिन ए क्याप्सुल, जुकाको औषधि, आईरन चक्की, परिवार नियोजनका साधन वितरण गर्ने गरेका छन् भने खोप कार्यक्रम, प्राथमिक स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा र मातृ तथा नवजात शिशुको व्यवस्थापनमा सहयोग गर्ने गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ