arrow

पश्चिमी सीमा नाकाबाट छ युवतीको उद्धार

logo
प्रकाशित २०७२ पुष २ बिहिबार
Kanchanpur.jpeg.jpeg
कञ्चनपुर । पश्चिमी सीमा नाका गड्डा चौकीबाट छजना युवतीको उद्धार गरिएको छ ।  माइती नेपाल र प्रहरीको संयुक्त प्रयासमा गड्डा चौकी र भारतीय निकटवर्ती बजार वनवसाबाट बुधबार १७ वर्षीया युवतीको उद्धार गरिएको माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताए ।

यसैगरी गड्डा चौकी नाका भएर भारतको नयाँदिल्ली हुँदै रोजगारीका लागि किर्गिस्तान र ओमान जान हिँडेकी सिन्धुपालाञ्चोकका तीन, नुवाकोटका एक, खोटाङका एक युवतीको उद्धार गरिएको जानकारी उनले दिए । 

करिब १६ देखि २९ वर्षका युवती बेचबिखनको जोखिममा पर्न सक्ने भन्दै उद्धार गरिएको माइती नेपालले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ