arrow

रजनीकान्तसँगै भिड्दै अक्षयकुमार

logo
प्रकाशित २०७२ पुष २ बिहिबार
Akshya.jpg.jpeg
मुम्बई । साउथ इण्डियन फिल्मका सुपरस्टार रजनीकान्त र बलिउडका खेलाडी कुमार अक्षय कुमार फिल्म ‘रोबोट २’मा सँगै देखिने भएका छन् । उनीहरु पहिलो पटक सँगै स्क्रिन शेयर गर्न लागेका हुन् ।

भारतीय मिडियाका अनुसार अक्षय कुमार आफैले यो खबरको पुष्टि गरेका छन् । उनले ट्वीटरमा ‘वर्षको अन्त्य अत्यन्तै रोचक किसिमले हुन जाँदैछ, म फिल्म रोबोट २ मा सुपरस्टार रजनीकान्त सरसँग काम गर्ने कुरालाई लिएर अत्यन्त उत्साहित छु । नयाँ सालको अन्त्य मेरा लागि यो भन्दा उत्कृष्ठ अरु नहोला ।’ भन्दै ट्वीटेका छन् । उनले ट्वीटसँगै फोटो पनि पोष्ट गरेका छन् जसमा अक्षय रजनीकान्त फिल्मका निर्देशक एस शंकर र संगीतकार ए आर रहमानसँगै देखिएका छन् ।

फिल्ममा अक्षय रजनीकान्तको अपोजिट अर्थात भिलेनका रुपमा देखिँदैछन् । यो सन् २०१० मा रिलिज भएको सुपरहिट फिल्म ‘रोबोट’को सिक्वेल हुनेछ । रोबोटमा डेनी डेञ्जोङ्पा र ऐश्वर्या राय बच्चनले अभिनय गरेका थिए ।

स्रोतका अनुसार रोबोट २ मा रजनीकान्त र अक्षयका साथमा ऐमी ज्याक्सन पनि देखिनेछिन् । एमी हालै मात्र अक्षयसँग फिल्म ‘सिंह इज ब्लिङ’मा देखिएकी थिईन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ