काठमाडौं । हिमालयन बैंकको टेकू शाखाले सिल नतोडेको पैसाको बिटोमा कम पैसा राखेर पठाएको भेटिएको छ । सिल नतोडेको पैसाको विटोमा तोकिएको भन्दा थोरै पैसा रहेको गुनासो गर्न जाँदा एभरेष्ट बैंक टेकूले पैसा फिर्ता गर्न नमानेको पीडितले बताएका छन् ।
काठमाडौंका धु्रव गौतम आफ्नो छोरीको उपचारको लागि विदेश जानको लागि आवश्वक डलर साँट्नको लागि आईतबार बैंकको टेकू शाखाबाट एक लाखको विटो साँटेर लगेका थिए । उनले बैकले सिलबन्दी गरेर दिएको पैसाको विश्वास गरेर घर पुगेर हेर्दा त्यहाँ ९९ वटा मात्रै हजारको नोट थियो । उनले आईतबार अबेर भईसकेकोले सोमबार शाखामा सम्पर्क गरेर पैसाको विटो साँटिदिन आग्रह गरे । तर, शाखाकी इन्चार्ज बनिता बास्तोलाले पहिले नै हेरेर लैजानु पर्ने भन्दै पैसा साँटिदिन अस्वीकार गरिन् ।
उनले यस्तो अस्वीकार गरेपछि गौतमले प्रहरीमा उक्त शाखा विरूद्ध प्रहरी बृत्त कालिमाटमा उजुरी दिन गएका थिए । तर त्यहाँ रहेको एक प्रहरी निरीक्षकले यो आफूहरुको कार्यक्षेत्रभित्र नपर्ने भन्दै उजुरी दर्ता नगराएको गौतमले जानकारी दिए ।
गौतमले पैसाको कुरा भन्दा पनि नेपाली बैंकिङ व्यवस्था कति अव्यवस्थित रहेको छ भन्ने कुरा प्रमाणित भएको भन्दै यस्तो अव्यवस्थाको भण्डाफोर गर्न आवश्वक निकायमा पुग्ने बताए ।