arrow

विज्ञान प्रदर्शनीमा अरुणोदय मावि जोरपाटी पहिलो

logo
प्रकाशित २०७३ मंसिर २० सोमबार
mavi-pahilo.jpeg
काठमाडौँ ।  सहयोगी स्रोत केन्द्र, गोकर्ण काठमाडौंको प्राविधिक सहयोग तथा इस्टपोल स्कुल जोरपाटीको व्यवस्थापनमा राजधानीमा भएको वृहत विज्ञान प्रदर्शनीमा जोरपाटीको अरुणोदय मावि पहिलो भएको छ । अन्य निजी विद्यालयहरुलाई पछि पार्दै सामुादियक विद्यालय अरुणोदयले पहिलो स्थान जितेको हो । यो सफलताबाट सामुदायिक विद्यालय पनि अब्बल हुन्छन् भन्ने प्रमाणित भएको अरुणोदय माविका प्रधानाध्यापक कृष्णप्रसाद नेपालले बताए ।
 
 प्रदर्शनीमा दोस्रो स्थान टाइमलाइन स्कुलले हात पार्दा भेनस पब्लिक स्कुल भने तेस्रो भयो । सान्त्वना पुरस्कार इस्टपोल माविले जित्यो । जोरपाटीस्थित इस्टपोल स्कुलको प्रांगणमा भएको विज्ञान प्रदर्शनीमा ५० भन्दा बढी विद्यालयका छात्र–छात्राहरुको सहभागिता रहेको थियो भने १० हजार भन्दा बढी विद्यार्थीले प्रदर्शनी अवलोकन गरेका थिए । विद्यार्थीहरुले आ–आफनो स्टल मार्फत विविध वैज्ञानिक वस्तु तथा उपकरणको प्रदर्शनी देखाएका थिए भने विद्यार्थीहरुले अभिरुचिपूर्वक अवलोकन गरेका थिए । 
 
वैज्ञानिक वरदानहरुका बारेमा विद्यार्थीहरुलाई ठोस प्रयोगात्मक जानकारी दिने उद्देश्य प्रदर्शनीको रहेको इस्टपोल स्कुलका प्रधानाध्यापक राजेश राईले जानकारी दिए । यस्ता प्रदर्शनीले विद्यार्थीहरुमा विज्ञान विषयको रुची अझ बढ्ने र विभिन्न स्कुलका विद्यार्थीहरुबीचको सम्बन्ध अझ प्रगाढ हुने सहयोगी स्रोत केन्द्रका प्रमुख रामनारायण शाहले बताए । प्रदर्शनीको उद्घाटन काठमाडौंका जिल्ला शिक्षा अधिकारी जयप्रसाद आचार्यले गर्नु भएको थियो । विजयी विद्यालयका प्रतिनिधिहरुलाई शिक्षा मन्त्रालयका सहसचिव तुलसी थपलीयाले पुरस्कार वितरण गरेका थिए । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ