- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकारका लागि दाबी पेश गरेका छन् ।
देउवाले ओलीलाई प्रधानमन्त्री बनाउन हस्ताक्षरसहित शीतल निवासमा लगेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत गुमाएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकारका लागि दलहरुलाई आह्वान गरेपछि साँझदेखि नै शीतल निवास जाने तयारीमा रहेका देउवा–ओली शीतल निवास गएका हुन् ।
राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार नै दलहरुलाई नयाँ सरकारको दाबी पेश गर्न आह्वान गरेका हुन् ।
राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार असार ३० गते साँझ ५ बजेभित्र दुई वा दुई भन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि दावी पेश गर्न समय दिइएको थियो ।
तर कांग्रेस र एमालेका दुई शीर्ष नेताहरु आफ्नो दलका सांसदहरुको हस्ताक्षर बोकेर शीतल निवास गएका हुन् । दाबी बुझाएर नेताहरु शीतल निवासबाट फर्केका छन् ।
कांग्रेस एमालेको सहमतिअनुसार ओली प्रधानमन्त्री हुनेछन् ।