arrow

भिडियोमा मन्त्रीहरूको शपथ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ३१ सोमबार
oli-cabinet-03-31.jpg

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली सहित २२ जना मन्त्रीले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।

सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्री ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गरे । प्रधानमन्त्री ओलीले देशको ४५ औँ प्रधानमन्त्रीका रूपमा शपथ लिए ।

शपथग्रहण समारोहका उपराष्ट्रपति, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, पूर्वप्रधानमन्त्रीहरु, सांसद, कूटनीतिक नियोगका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो । 

सो अवसरमा उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंह र उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पनि पद तथा गोपनीयताको शपथग्रहण गरे ।

त्यस्तै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ, गृहमन्त्री रमेश लेखक, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी, परराष्ट्रमन्त्री डा. आरजु राणा, खोनपानीमन्त्री प्रदीप यादव, भूमी व्यवस्था, सहकारी तथा गरिबी निबारणमन्त्री बलराम अधिकारी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडी, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी,स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले शपथग्रहण गरे ।

साथै कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसिया, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारी, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई, रक्षामन्त्री मानवीर राई, ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्का, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले पनि पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । प्रधानमन्त्री ओलीले आज नै २२ सदस्यीय मन्त्रीपरिषद् गठन गरेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ