arrow

मदनकृष्ण र हरिवंशले ल्याए निजी वेभसाइट

logo
प्रकाशित २०७२ पुष २ बिहिबार
Maha-jodi.jpg.jpeg
काठमाडौँ । नेपाल कलाकारिता क्षेत्रमा सर्वाधिक रुचाइएका हाँस्य जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यका बारेमा विस्कृत कुरा जान्न चाहनेका लागि खुशीको खबर आएको छ । उनीहरुले निजी वेभसाइट डब्लुडब्लुडब्लु डट महजोडी डट कम डट एनपी(www.mahajodi.com.np) सञ्चालनमा ल्याएपछि उनीहरुका बारेमा थप कुरा थाहा पाइने भएको हो । 

उनीहरुको वेभसाइटमा जोडीले हालसम्म बनाएका चर्चित सिरियलहरु, म्युजिक भिडियोलगायतका जानकारी राखिएको छ ।  कलाकार आफैँले वेभसाइट बनाएर व्यावसायीक रुपमा सुरुवात गरेको सम्भवत यो पहिलो पटक हो । अभिनेता हरिवंशले सुस्ताउँदो रंग उद्योगलाई फस्टाउन सहयोग वेभसाइटले सहयोग पु¥याउने विश्वास लिएका छन् । ‘हामी र दर्शकबीचको दुरीलाई पनि घटाउन पनि वेभसाइटले मद्धत गर्नेछ ।’ उनले भने । 

मदनकृष्णले पनि सूचना र प्रविधिको युगमा वेभसाइट सञ्चालन गर्न पाउँदा खुशी लागेको बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ