arrow

प्रम ओलीका मुद्दामा कांग्रेस मौन बस्दैन, खरो उत्रिन्छ : विश्वप्रकाश शर्मा [भिडियो]

तपाईँको बारेमा विगतमा उठाएका मुद्दा सबै थान्को लगाउँछौँ, त्यो बिलकुल होइन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ५ शनिबार
bishwaprakash-sharma-04-05.jpg

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको बारेमा विगतमा उठेका मुद्दामा कांग्रेस मौन नबस्ने बताएका छन्। शनिबार काठमाडौँमा एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओलीको नेतृत्वमा रहेको सरकारलाई कांग्रेसका सांसदहरू उभिएर विश्वासको मत दिएका कारण विगतमा उठेका प्रश्नलाई लुकाउने प्रयत्नमा कांग्रेस नलाग्ने बताए ।

उनले सरकारले गर्ने कमजोरीमा आफूहरू मौन नबस्ने बताए । उनले सरकार बनाउन १३८ भए पुग्ने भए पनि संविधान संशोधनका लागि १८४ सांसद सङ्ख्या चाहिने भएकाले सबै राजनीतिक दलहरूलाई सँगै लिएर अघि बढ्न अहिलेको सरकारले सक्नुपर्ने बताए । कांग्रेस र एमालेले नेपाललाई एउटा नवीन सम्भावनाको बाटोमा लैजानुपर्नेमा जोड दिए । 

उनले भने, ‘यो बेलामा नयाँ सरकार बनेको छ । नेपाललाई एउटा नवीन सम्भावनाको बाटोमा लिएर जाँदै गर्दा दुई ठूला दल मिलेर सरकार बनाएको बेलामा कतै प्रतिपक्षी स्वर पो कमजोर हुन्छन् की भनेर आम बौद्धिक क्षेत्रमा चिन्ता छ । प्रतिपक्षमा रहेको माओवादी खरो ढङ्गले नै प्रतिपक्ष बन्छ । बन्नुपर्छ । राष्ट्रिय स्वतन्त्र पार्टी पनि बन्नुपर्छ । कमरेड केपी ओलीको नेतृत्वमा रहेको सरकारलाई सफल बनाउनका लागि हामी कांग्रेसका सबैले नै साथ दिन्छौँ । तर उत्तिकै खरो भूमिकाका साथ प्रधानमन्त्रीजीलाई कुनै छुट हुनेछैन की कांग्रेसका सांसदहरू उभिएर विश्वासको मत दिएका छाँै त्यसकारण तपाईँको बारेमा विगतमा उठाएका मुद्दा सबै थान्को लगाउँछौँ, त्यो बिलकुल होइन । उनको सन्दर्भमा सरकारले गर्ने कमजोरीमा मौन बस्छौँ, त्यो पनि हुँदैन । दुई दलले हेक्का राख्नुपर्ने विषय यो छ की, हामी दुई दल नै मिलेर सरकार बनाउन सक्छौँ, १३८ भए पुग्छ, तर संविधान बदल्न, संशोधन गर्न १८४ चाहिन्छ । सबैको साथमा राम्रो सहकार्य गरेर जान सक्ने क्षमता अहिलेको नेतृत्वले गर्नुपर्छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ