arrow

लिङ्देनको कथनः ओली प्रधानमन्त्री बन्दा सबैभन्दा बढी खुशी छु तर विश्वासको मत दिँदैनौँ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ६ आइतबार
rajendra-lingden-parliament.jpg

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएको छ । प्रतिनिधि सभा बैठकमा बोल्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारलाई विश्वासको मत नदिने स्पष्ट गरेका हुन् ।

अध्यक्ष लिङ्देनले आफू र आफ्नो दलको विगतमा एमालेसँग निर्वाचनमा तालमेल भएको उल्लेख गर्दै ओली प्रधानमन्त्री बन्दा आफू सबैभन्दा धेरै खुशी भएको बताए ।

उनले यसअघि पनि राप्रपाले २ पटक प्रधानमन्त्री ओली रहँदा विश्वासको मत दिएको स्मरण गर्दै सरकारले संविधान संशोधनको स्पष्ट खाका पेश गरेमा सरकारलाई सहयोग गर्ने पनि बताए ।

साथै उनले आम निर्वाचन हुना साथ आफूले कांग्रेस र एमाले मिलेर सरकार बनाउन आग्रह गरेको स्मरण गर्दै अहिले आएर कांग्रेस(एमाले एक भएको प्रसंगमा यो गठबन्धन सफल नभए के हुन्छ भन्दै प्रश्न गरेका थिए । 

अध्यक्ष लिङदेनले माओवादी केन्द्र र फरक विचार राखिरहेका आफुहरुलाई मान्य हुने गरी नयाँ सहमति गरेर अगाडि जान प्रस्ताव गरेका छन् ।



नयाँ