arrow

रणवीर–क्याट्रिनाको प्रेममा दीपिका भिलेन

logo
प्रकाशित २०७२ पुष २ बिहिबार
Ranabir.jpg.jpeg
मुम्बई । बलिउडको रियल लाइफमा पनि अफेयर्स र ब्रेकअपको सिलसिला चलिरहेको छ । तर अहिले पछिल्लो समयमा रोमान्टिक जोडीका रुपमा परिचित रणवीर कपुर र क्याट्रिना कैफको सम्बन्धलाई लिएर भारतीय मिडियामा चर्चा चल्न थालेको छ ।

समाचार अनुसार रणवीर र क्याट्रिनाबीचको सम्बन्ध ब्रेकअपको अन्तिम संघारमा पुगेको छ । उनीहरुको ब्रेकअपको कारण अभिनेत्री दीपिका पादुकोणलाई लिइएको छ, जो कुनै समयमा रणवीरकै प्रेमिका थिईन् । भारतीय मिडियाले पछिल्लो केही समयदेखि रणवीर र क्याट्रिनाको सम्बन्धमा खटपट शुरु हुन थालेको जनाएका छन् । रणवीर र दीपिका अभिनित फिल्म ‘तमाशा’को प्रमोसनका बेला रणवीर दीपिकासँग नजिकिएपछि क्याट्रिना चिढिएकी थिईन् ।

प्रमोसनका बेला दीपिका र रणवीर दुवैले अझै पनि दुवैको हृदयमा प्रेम रहिरहेको बताएपछि क्याट्रिनाको मनमा झन चिसो पसेको मिडियाले उल्लेख गरेका छन् । तर क्याट्रिनाले भने दीपिका प्रति आफ्नो कुनै जलन नभएको बताउँदै आएकी छन् ।

हालका दिनमा क्याट्रिना र रणवीर लण्डनमा छन् । रणवीर ‘ए दिल है मुस्किल’ र क्याट्रिना ‘फितूर’को सुटिङमा व्यस्त छन् । गत वर्ष उनीहरु सँगै बस्नका लागि आफु बसिरहेको घर पनि छोडिदिएका थिए ।  केही दिन पहिले एक पार्टीमा क्याट्रिनाले रणवीरका पिता ऋषिलाई ‘पापा’ भनेर बोलाएपछि दुई बीच चाँडै नै विवाह हुँदैछ भन्ने अड्कल काटिएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ