arrow

ट्राफिकद्वारा २ लाख बढी राजस्व असुली

logo
प्रकाशित २०७२ पुष २ बिहिबार
Rolpa.png.png
कविता उपाध्याय, रोल्पा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाले सवारी साधनहरुबाट २ लाख ४१ हजार ७ सय रुपैयाँ राजश्व असुली गरेको जनाएको छ । यस आर्थिक वर्षको साउनदेखि हालसम्म दण्ड जरिवाना वापत १ हजार १ सय २४ वटा सवारी साधनहरुबाट सो रकम अशुली गरिएको हो । 

जस अन्तर्गत ९ सय ६२ वटा सवारी साधनका चालकले सवारी चलाउदा चालक अनुमति पत्र, सवारी दर्ता किताब लगायतका आवश्यक कागजातहरु साथमा नराखेको हुँदा ती सवारी साधनबाट १ लाख ४१ हजार २ सय रुपैयाँ, क्षमता भन्दा बढी यात्रु राखेका  ७२ वटा सवारी साधनहरुबाट ३६ हजार रुपैयाँ,  मोटरसाइकलमा सवार गर्दा सवारी चालकले हेलमेट प्रयोग नगरे बापत विभिन्न ब्यक्तिबाट २५ हजार ५ सय रुपैया र सवारी चालक अनुमती पत्र प्राप्त नगरी चलाएका ३९ वटा मोटरसाइकल चालकहरुबाट ३९ हजार राजश्व असुली गरिएको जिल्ला ट्राफिक कार्यालय रोल्पाका प्रहरी नायव निरिक्षक डिल्लीबहादुर खत्रीले जानकारी दिए ।

उनका अनुसार दुर्घटना हुन नदिन ट्राफिक प्रहरीले सावधानी अपनाइरहेको छ । विगतका वर्षहरुमा मापसे गरेर सवारी साधनहरु चलाउदा धेरै दुर्घटना हुने वा राजश्व अशुली हुने भएता पनि पछिल्ला दिनमा मोटरसाइकल बाहेक अन्य सवारी साधनका चालकले मापसे गरेको नभेटिएको उनको भनाइ छ । 

जिल्ला ट्राफिक कार्यालय रोल्पाले आ.व.२०६९÷०७० मा १ हजार ९ सय ९२ सवारी साधनबाट ४ लाख ४७ हजार ७ सय ५० राजश्व अशुली गरेको थियो, आ.व.२०७०÷०७१ मा १ हजार ८ सय ७ वटा सवारी साधनहरुबाट ३ लाख ८० हजार ३ सय ५ रुपैयाँ असुली गरेको थियो भने आ.व.२०७१÷०७२ मा ३ हजार ३ सय ९२ वटा सवारी साधनहरुबाट ८ लाख ४ हजार ४ सय राजश्व असुली गरेको प्रनानि खत्रीले जानकारी दिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ