arrow

बक्यौता रकम असुली गर्ने कुलमानको अडान [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ११ शुक्रबार
kullman-ghising-04-11.jpg

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले उद्योगहरूमा रहेको डेडिकेटेड तथा ट्रंक लाइन बक्यौता रकम असुली गर्ने अडान राखेको छ । प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले लोडसेडिङको बेला आम उपभोक्तालाई पनि ६ वटा उद्योगमा सस्तोमा दिइएको उल्लेख गर्दै त्यसलाई असुली गर्ने अडान राख्नुभएको हो । शुक्रबार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले विना बिल सो लाइनको बक्यौता रकम असुली गर्न खोजिएको भन्ने भनाई पनि सत्य नभएको दाबी गरे । 

रेकडेट विद्युत्मा प्रिमियम जोडेर ती उद्योगहरूमा बिल पठाएकाले त्यसमा बिल थिएन भन्ने कुरा सत्य नभएको प्रबन्ध निर्देशक घिसिङको भनाई थियो । उनले लोडसेडिङको बेला आम उपभोक्तालाई प्रतियुनिट विद्युत् १३ रुपैयाँ हुँदा पनि उद्योगका लागि साढे ८ प्रतिशत मात्रै मूल्य तोकिएको स्मरण गराए । 

प्रबन्ध निर्देशक घिसिङले भने,‘डेडिकेटेड र ट्रंक लाइनको लोडसेडिङको बेलामा हामीले इन्डियाबाट पनि इम्पोट गरेका थियौ । केही समय हामीले लोडसेडिङ घटाउने गरेर हेटौँडा डिजेल प्लान्ट पनि चलाएका थियौँ । त्यो इम्पोर्ट गर्ने कस्ट बढेको पनि होला । तर डेडिकेटेडको पैसा तिर्दा पनि उहाँहरुले पर युनिट साढे ११ रुपैयाँ भन्दा परेको छैन । जबकि नर्मल टेरिफ १३ रुपैयाँ थियो त्यो बेला पब्लिकले तिरेको । तर पब्लिकलाई त लोडसेडिङ थियो नि त । उनलाई नर्मल टेरिफ चाहिँ साढे ८ को हाराहारीमा थियो । 

अब ६०-६५ प्रतिशत प्रिमियम चार्ज हो । प्रिमियम चार्ज मात्रै लगाएको हो । हाम्रो बिल नै थिएन । नभएको बिल जेनेरेट गर्‍यो भन्ने कदापि होइन । हाम्रो जुन इनर्जी छ । त्यो सधैँ रेकडेट इनर्जी हो । त्यो रेकडेट इनर्जीमा मात्रै हामीले थप प्रिमियम लगाएर मात्रै बिलिङ गरिएको अवस्था हो । त्यो भएको हुनाले यसलाई हामी उठाउनु पर्छ भन्ने लाइनमा हो ।’ 


प्रबन्ध निर्देशक घिसिङले दक्षिण एसियामा भुटानबाहेक नेपालको विद्युत् सबैभन्दा सस्तो भएको जानकारी पनि दिए । उनले आफूले प्राधिकरणको नृतत्व लिएपछि हालसम्म करिब २५ प्रतिशत विद्युत् महसुल घटाएको र करिब २५ लाख सर्वसाधारणलाई निःशुल्क विद्युत् उपभोग गर्ने अवस्था बनाएको दाबी समेत गरे । 

प्रबन्ध निर्देशक घिसिङले भने ‘बिल नै दिएको छैन भन्ने विषय हरेक उद्योगलाई हामीले क्याल्कुशलेशन गरेर बिल दिएका छौं । हामीले हरेक टीन वान, टि टु, टि थ्री भनेर हामी इनर्जी कति थियो, उसले कति तिर्‍यो र बाँकी पैसा कति हो ? भनेर हामीले यसरी बिलिङ गरेका छौं । टिओडीको पनि आवश्यक डाटा हामीसँग छ । त्यो आवश्यक नै होइन । उहाँहरुलाई यो बिलको लागि त्यो आवश्यक नै होइन । र लो प्राफाईलसहितको डाटा हामीले फेरिफाई गर्नका लागि यो डेडिकेटेड लाइन भनेको लोडसेडिङको समय घटाउनका लागि उहाँहरुले डेडिकेटेड युज गर्नुभएको हो । त्यो लोडसेडिङको बेला सबैले चलाएको छ । कसैले २४ घण्टा चलाएको होला, कसैले १८ घण्टा, कसैले २० घण्टा चलाउको होला । तर १५, १६ घण्टा लोडसेडिङ भएको बेला त्यो चलाएकै छ । तर हामीसँग जति मिटरको डाटा हुन्छ । हामीले नर्मल बिलको शुल्क शुरुमै पठाएका थियौँ । अहिले पनि हामीले गरेका छौं । त्यसकारण त्यो भनाइमा सत्यता छैन । अब विद्युत् प्राधिकरण कसरी मिटरबाजी हुन्छ ? ६ वर्षसम्म नतिर्दा पनि २५ प्रतिशत मात्रै पेनाल्टी, अनि ६० दिन नतिर्दा पनि २५ प्रतिशत मात्रै पेनाल्टी ? यो कसरी मिटरबाजी हुन्छ ? २५ प्रतिशत मात्रै हो पेनाल्टी जति महिना ढिला भए पनि । तर तिरेन भने हामी लाइन काट्छौँ । त्यसो भएकाले त्यसलाई मिटरबाजी भनिँदैन । नेपालको विद्युत्को प्राइस यो रिजनको भुटानबाहेक यो रिजनको सबैभन्दा सस्तो विद्युत् हो । सबभन्दा सस्तो विद्युत् हो । आजको दिनमा अहिले हामीले उद्योगीहरूलाई ४ रुपैयाँ ७५ पैसा रातभरी दिइराखेका छौं । मैले इन्डियामा बेच्यो भने रातभरिमा १० रुपैयाँ आइसकेको हुन्छ । उहाँहरुलाई दिइराखेका छौ त ४ रुपैयाँ ७५ पैसामा । यति सस्तोमा उहाँहरुलाई विद्युत् दिइरहेका छौं । टोटल एभरेजमा नौ रुपैयाँ पर्न आउँछ । यहाँ नेपालमा उद्योगका साथीहरूले भन्दा हाम्रो पब्लिक कम्ज्युमरले बढी तिरिराखेको छ । त्यो भएको हुनाले नेपालको विद्युत् सस्तो छ । त्यसमा म आएपछि ३ चोटि विद्युत्को प्राइस घटाइएको छ । २०७२ सालमा जुन प्राइस थियो, २०७४, ७५ तिर १५ प्रतिशत घट्यो । २०७६ तिर ५ प्रतिशत, अनि अस्ति ५ प्रतिशत गरेर २५ प्रतिशत प्राईज घटेको छ । यति घटाएर पनि करिब २५ लाख गाउँ गाउँका ग्राहकले फ्रिमा बत्ती बाली राखेका छन् । र सिँचाइको ग्राहकलाई हामीले २ रुपैयाँ युनिटमा दिइराखेका छौं । यसका कहीँबाट पनि गोभरमेन्टले सबसिटी दिइराखेको छैन ।’

प्रबन्ध निर्देशक घिसिङले प्राधिकरणले आफूले आर्जन गरेको नाफा पनि विद्युत्को ट्रान्समिसन लाइन लगायतको पूर्वाधार निर्माणको खर्च गरेको स्पष्टीकरण पनि दिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ