arrow

मिस फायर हुँदा मोटरसाइकलमा आगलागी

logo
प्रकाशित २०७२ पुष २ बिहिबार
jhapa.jpg.jpeg
काँकडभिट्टा । झापाको बुधवारे–९ स्थित जनकल्याण शिव स्टोर्स (पेट्रोल पम्प)मा बिहीबार दिउँसो तेल भरेको एउटा मोटरसाइकलमा आगलागी भएको छ । 

बुधबारे ट्राफिक प्रहरी बिटका इन्चार्ज जनक खड्काका अनुसार दिउँसो १ः१५ बजेतिर पेट्रोल भरेको मे ५ प ३५६ नम्बरको मोटरसाइकल स्टार्ट गरेर लैजान खोज्दा पम्पकै छेउमा अचानक आगो लागेको थियो । मोटरसाइकल मेचीनगर–१ धुलाबारी निवासी सञ्जीव विकको रहेको प्रहरीले जनाएको छ । 

प्रहरीले जल्दै गरेको मोटरसाइकललाई हुत्याएर ५० मिटर टाढा पु¥याई ग्यास बुलेट प्रयोग गरेर आगो निभाएको थियो । मोटरसाइकल स्टार्ट गर्दा ‘मिस फायर’ भएर आगो सल्किएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा आगलागी भएको बेला त्यहाँ धमाधम पेट्रोल वितरण भइरहेको थियो । प्रहरीको सावधानी र सक्रियताले गर्दा पम्पमा क्षति हुन पाएन । घटनापछि प्रहरीले पम्प क्षेत्रको सुरक्षाका लागि तेल वितरणस्थल भन्दा १० मिटरभित्र मोटरसाइकल स्टार्ट गर्न नपाइने नियम लगाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ