arrow
ADVERTISEMENT

कमजोरी भेटिए प्रम ओलीविरुद्ध संसद्‌मा खरो उभिने विश्वप्रकाशको चेतावनी [भिडियो]

कुरा कम र काम बढी गर्न सरकारलाई सुझाव

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १३ आइतबार
bishwoprakash-sharma-04-12.jpg

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको कमजोरी भेटिए खरो ढङ्गले उभिने चेतावनी दिएका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले राम्रो काममा सरकारलाई निरन्तर साथ दिने र काम नभए प्रधानमन्त्री, मन्त्रीहरूबारे पनि संसद र बाहिर पनि खरो अभिव्यक्ति दिने चेतावनी दिएका हुन् । 

महामन्त्री शर्माले कुरा कम र काम बढी गर्न पनि सरकारलाई सुझाव दिए । एक्काईसौ शताब्दीको कामको प्रचार स्वयं काम आफैँले गर्ने भएकाले सरकारले त्यसैमा केन्द्रित भएर अघि बढ्नुपर्ने उनको भनाई थियो । 

महामन्त्री शर्माले लामो सङ्घर्षबाट आएका कांग्रेस–एमालेले नेतृत्वको सरकारले देशमा नयाँ आशा, नयाँ विश्वासलाई भर्ने गरी काम गर्ने विश्वास पनि व्यक्त गरे । वर्तमान सरकारले आफूलाई गतिशील ढङ्गले, जिम्मेवार ढङ्गले, एकताबद्ध ढङ्गले, पारदर्शी ढङ्गले, दृढ ढङ्गले शहीदको शपथ खाएर कार्य गर्न सक्नुपर्ने उल्लेख गर्दै महामन्त्री शर्माले त्यसमा आफूहरूले बलियो साथ दिने बताए । 

उनले भने,‘सरकारमा गएर कुरा बढी भयो वा काम बढी भयो ? एक्काईसौँ शताब्दीको कामको प्रचार स्वयं काम आफैँले गर्छ । म सम्माननीय प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा बनेको यो सरकारलाई सफलताको शुभकामना दिन चाहन्छु । दुइटा दलले मिलेर बडा जिम्मेवार भएर आपसका विमतिहरूलाई आफ्नै ढङ्गको छलफल र विमर्शबाट स्विकारेर, यसलाई सुरक्षित गरेर हामीले अगाडि जाँदै गर्दा हामीले सम्बोधन गर्न सक्नु छ–आम नेपाली नागरिकमा जे जति प्रश्न उब्जिएका छन् । ती प्रश्नहरूलाई हल गर्ने सामर्थ्य राख्नु छ । लामो सङ्घर्षबाट आएका दलहरूले त्यो सामर्थ्यलाई पूरा गरेर देशमा नयाँ आशा, नयाँ विश्वासलाई भर्न सक्नेछन् । नेपालमा रहेका सबै नेपालीसहित संसारमा पल्लो कुरामा रहेका प्रत्येक नेपालीलाई पनि नेपाल निर्माणको एउटा नवीन सम्भावनातर्फ अघि बढदैछ भन्ने नवीन आशा भर्न सक्नेछन् । त्यो दिशामा काम गर्नका लागि वर्तमान सरकारले आफूलाई गतिशील ढङ्गले, जिम्मेवार ढङ्गले, एकताबद्ध ढङ्गले, पारदर्शी ढङ्गले, दृढ ढङ्गले शहीदको शपथ खाएर कार्य गर्न सक्नेछ भनेर म कामना गर्न चाहन्छु । त्यही शुभकामना सरकारलाई राख्दै राम्रो काममा सरकारलाई निरन्तर साथ रहने, कमजोरी हुँदै गर्दा प्रधानमन्त्रीजीको बारेमा पनि, मन्त्रीहरूको बारेमा पनि सार्वजनिक रूपमा पनि, संसद्‌मा पनि खरो ढङ्गले उभिने अभिव्यक्ति राख्न चाहन्छु ।’

महामन्त्री शर्माले सुशासनको पक्षमा सरकारले आफैँ भित्र कमी भए पनि खोजी गर्न सक्ने सामर्थ्य राख्नुपर्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ