arrow

गाउँकी गोरीले मदनको मन लगेपछि(भिडियो)

logo
प्रकाशित २०७२ पुष २ बिहिबार
Model.jpg.jpeg
काठमाडौं । गायक मदनकुमार राई सोलो भिसिडी एल्बम ‘तिर्खा’मा रहेको ‘गाउँकी गोरीले’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।  ओमप्रकाश राईको संगीत र सेर्बा राईको शब्दमा तयार भएको गीतको भिडियोमा सञ्जोग र रश्मीले फिचरिङ गरेका छन् । भिडियोको निर्देशक ओमप्रकाश नै हुन् । भिडियोमा ज्ञानु राईको छायांकन र रविन्द्र खड्काको सम्पादन छ ।

२०५८ सालतिरै गायक बन्ने उद्देश्यले सांगीतिक साधना सुरु गरेका गायक राईको एल्बममा त्यो कान्छीको मुहारै राम्रो, तिम्रो जस्तो दुइटा मुटु र कर्कलाको पानी हो जीवन बोलका गीत रहेका छन् । सन् २००१ देखि रोजगारीको सिलसिलामा अबुधावीमा बस्दै आएका गायक राईको ‘तिर्खा’ चारै गीतको म्युजिक भिडियो निर्देशन पनि संगीतकार ओमप्रकाशले नै गरेका छन् । यस एल्बमलाई ओसियन म्युजिकले बजारमा ल्याएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ