arrow

सन्दीप लामिछाने अब सशस्त्रको एपीएफमा

logo
प्रकाशित २०७३ मंसिर २३ बिहिबार
sandeep-u-19-captain.jpeg

काठमाडौँ । राष्ट्रिय क्रिकेट टोलीका युवा क्रिकेटर तथा १९ वर्षमुनि (यु–१९) उमेर समूहका कप्तान सन्दीप लामिछाने सशस्त्र प्रहरीको एपीएफ क्लबमा आवद्ध भएका छन् ।

१६ वर्षीय लामिछानेलाई क्लबमा एक वर्षका लागि करारमा नियुक्त गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक अजय छत्कुलीले बताए । क्रिकेटर लामिछाने यही मङ्सिर २८ गतेदेखि श्रीलङ्कामा आयोजना हुने यु–१९ यसिया कपको तयारीमा समेत छन् ।

अस्ट्रेलियाका पूर्वकप्तान माइकल क्लार्कको एकेडेमीमा करिब दुई महिना ग्रेड क्रिकेट खेलेर केही दिन अघि मात्रै सन्दीप नेपाल फर्किएका हुन् । छत्कुलीले सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि टोली निर्माण भइरहेको जानकारी दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ