arrow

मोबाईलमा क्रेजी चिनियाँहरु !

नेपालीहरु भारतीयभन्दा अगाडि

logo
प्रकाशित २०७३ मंसिर २३ बिहिबार
Spend-7-Hours-a-Day-on-Cell-Phones-2.jpeg
काठमाडौं । नेपालमा रहेको जनसंख्याको ३५ गुणा बढी मान्छेहरुले चीनमा माेबाईल चलाउने गरेको एक अध्ययनले देखाएको छ । न्यूयोर्क स्थित एक तथ्याङ्क सम्बन्धी कामगर्ने संस्थाले दिएको जानकारी अनुसार एशियाली मुलुकहरु मध्ये सबैभन्दा बढी मोबाईल चलाउने मानिस भएको मुलुक पनि चीन नै हो । जहाँ कूल जनसंख्याको ७३.३० प्रतिशत मानिसले मोबाईल चलाउने गरेका छन् । 
 
उक्त तथ्याङ्कका अनुसार चीनमा १ अर्ब ८७ लाख मानिसले मोबाईल चलाउने गर्दछन् । जुन दोस्रो स्थानमा रहेको भारतको भन्दा ३९ करोड ३५ लाखले कम हो । भारतमा मोबाईल चलाउनेको संख्या ६१ करोड ५२ लाख जनसंख्याले मोबाईल प्रयोग गर्ने गरेका छन् । भारतको भने कूल जनसंख्याको ४७ प्रतिशत मानिसले मोबाईल चलाउँछन् ।  
 
उता, नेपाल भने एशियाको सबैभन्दा धेरै मोबाईल प्रयोगकर्ता भएको मुलुकमा ११ औं स्थानमा रहेको छ । नेपालमा १ करोड ५२ लाख मानिसले मोबाईल चलाउने गरेका छन् । जुन हाम्रो कूल जनसंख्याको ५३ प्रतिशत भन्दा बढी हुन आउँछ । केन्द्रीय तथ्याङ्क विभागका अनुसार अहिलेको जनसंख्या २ करोड ८५ लाख कटिसकेको छ । 
 
धेरै मोबाईल चलाउने एशियाली मुलुकहरुमा तेस्रो स्थानमा इण्डोनेशिया, चौथो स्थानमा जापान, पाँचौ स्थानमा भियतनाम, छैटौं स्थानमा फिलिपिन्स रहेका छन् । त्यस्तै, धेरै मोबाइल चलाउनेमध्ये नै सातौं स्थानमा थाईल्याण्ड, आठौं नम्बरमा दक्षिण कोरीया, नवौं स्थानमा मलेशिया र दशौं स्थानमा म्यानमार रहेका छन् । 
 
नेपाल भन्दा कम मोबाईल चलाउने मुलुकहरुमा भने श्रीलंका कम्बोडिया हङकङ र न्यूजिल्याण्ड रहेको उक्त प्रतिवेदनले जनाएको छ । 
 
 कुन देशका कति मानिस मोबाईल प्रयोगकर्ता छन् ? तालिकामा हेर्नुहोस् 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ