arrow

बालेनलाई विद्यासुन्दरको चेतावनी- गुण्डागर्दी सह्य हुँदैन [भिडियो]

न्युरोडमा नगरप्रहरीको बलमा जनप्रतिनिधिलाई पेल्ने काम भएको आरोप

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १९ शनिबार
bidhyasundhar.jpg

काठमाडौँ ।  काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख विद्यासुन्दर शाक्यले हैसियतअनुसार काम गर्न नसक्दा महानगरको स्तर खस्किएको बताएका छन् । उनले महानगर प्रमुख बालेन्द्र साह बालेनप्रति लक्षित गर्दै धरहरा भत्काइदिने भन्दै आपत्तिजनक अभिव्यक्ति दिन वाञ्छनीय नहुने बताए । उनले अरूलाई गाली गरेर जस लिने तर काम केही पनि नगर्ने प्रवृत्ति हुनु नहुने बताए । उनले आफू काठमाडौं महानगरको मेयर हुँदा महानगरले विभिन्न राम्रा कामहरू गरेको उल्लेख गरे । उनले आफू मेयर रहँदासम्म काठमाडौं महानगरपालिकाको हैसियत सरकारले ९ औँ स्थानमा राखेको भए पनि अहिले हैसियतअनुसार काम नहुँदा १७ औँ स्थानमा पुगेको जिकिर गरे । 

उनले भने, ‘धरहराकै कारण अहिले पनि कसैले चर्चा पाइरहेका छन् । कसैले पायो भने त्यस क्षेत्र भत्काउँछु भन्ने तर अरू बेलामा सुविधा सबै लिने । गाली गरेर जस सबै आफूले लिने अपजस सबै अरूलाई दिने गर्छन् । त्यसमा हामीले चिन्ता लिनु पर्दैन । हामी काठमाडौं महानगरको मेयरको रूपमा रहँदा महानगर त्यस सञ्चालनको जिम्मा हामीले दिने भनिएको थियो । त्यस बेलामा काठमाडौं महानगरपालिकाको हैसियत भनेको नेपाल सरकारले ९ औँ स्थानमा राखेको थियो । अहिले झारेर १७ औँ स्थानमा पुर्‍याएको छ । हामीले हाम्रो हैसियतअनुसार काम गर्न नसक्दा, नेतृत्वले आफ्नो भूमिका निर्वाह गर्न नसक्दा सरकारले अवमूल्यन गरेर काठमाडौं महानगरपालिका भन्दा देशभरका सम्पूर्ण मेयर, उपमेयरलाई तल राख्ने काम गरेको छ । हामी सबैले आफ्नो हैसियत बुझेर काम गर्नुपर्छ ।’

पूर्व मेयर शाक्यले स्थानीयको इच्छा विपरीत कामनपाले काम गरिरहेको बताए । उनले न्युरोडमा नगरप्रहरीको बलमा जनप्रतिनिधिलाई पेल्ने काम भएको आरोप लगाए । उनले जनप्रतिनिधि सडकमा र नगर प्रहरी लाठी बोक्ने काममा लगाएको बताए । उनले नगरप्रहरीको बलमा गुण्डागर्दी सह्य नहुने पनि बताए । उनले नगर प्रहरी अनावश्यक रूपमा थपिएको भन्दै आवश्यकता नरहेको जिकिर गरे । उनले भत्काउने काममा मात्रै महानगर लागेको भन्दै महानगरवासी बनाएको भन्ने कुरा सुन्न आतुर रहेको बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ