arrow

नेपाली राष्ट्रिय फुटबल टोली र बंगलादेशको राष्ट्रिय टोलीबीचको अभ्यास खेल (लाइभ अपडेड)

logo
प्रकाशित २०७२ पुष २ बिहिबार
  • बंगलादेशसंगको मैत्रीपूर्ण अभ्यास खेलमा नेपाल १–० ले पराजित भएको छ । थपिएको अतिरिक्त समयमा समेत नेपालले गोल गर्न सकेन ।
  • निर्धारित समय सकिन केही मिनेट मात्र बाँकी । नेपाल १–० ले पछि । 
  • ८४ औं मिनेटमा जगजीतले कर्नर किक प्रहार गरेर फल गरे । 
  • रोहित र विमल टप फर्ममा देखिए पनि गोल गर्न चुकेका छन् ।
  • ६२औं मिनेट सम्म पनि नेपाल १–० ले पछि । 
  • रोहित चन्दले सुवर्ण मौका गुमाएका छन् । 
  • विकाश बाहिर–किरण भित्र । 
  • विशाल बाहिरिदाँ रोहित भित्रिए । 
  • अनिल बाहिरिए–नवयुग मैदान प्रवेश । 
  • ४६ औं मिनेट, नविन बाहिरिए–विमल भित्रिए  । 
  • पहिलो हाफ सकिएको छ । 
  • पहिलो हाफमा एक मिनेट थपियो । 
  • पहिलो हाफ सकिन केही समय मात्र ।
  • अनिल गुरुङ र नविन लामा गोल गर्न चुकेका छन् । 
  • बंगलादेश १–० ले अघि । 
  • १८ औं मिनेटमा बंगलादेशका शाखावत रुनी गोल गर्न सफल ।
  • अनिल गुरुङले अफसाइड प्रहार गरेका छन् ।
  • नेपाल रातो र बंगलादेश हरियो  ।
  • खेल सुरु भएको छ ।
  • राष्ट्रिय धुन बजिरहेको छ । 
  • टोली फिल्डमा छन् ।
  • फिफा एन्थम बजिरहेको छ । 
  • नेपाली राष्ट्रिय फुटबल टिम बंगलादेशको बंगबन्धु रंगशाला प्रवेश गरिसकेको छ । 
  • भारतमा हुने साफ च्याम्पियनसिप फुटबलको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोली र बंगलादेशको राष्ट्रिय टोलीबीचको अभ्यास खेल केही बेरमा सुरु हुँदैछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ