स्तनक्यान्सरको सफल शल्याक्रिय

प्रकाशित मिति : २०७३ मङ्सिर २४ शुक्रबार
दाङ। दाङमा पहिलो पटक स्तनक्यान्सर रोगको सफल शल्यक्रिया भएको छ । दाङको घोराहीस्थित राप्ती उपक्षेत्रीय अस्पतालमा दाङ सैघा गाविस– ५ की ४२ वर्षीया चन्द्रकला थापामगरको स्तनको सफल शल्यक्रिया भएको अस्पतालका डा. रमेश बस्नेतले जानकारी दिए । 
 
दुई महिनादेखि स्तनक्यान्सरबाट ग्रसित थापामगरको सफल शल्यक्रिया गरिएको उनको उपचारमा संलग्न डा. बस्नेतले बताए । जिल्लामै क्यान्सर रोगको सफल उपचार हुन थालेपछि जिल्ला तथा राप्तीमा रहेका क्यान्सररोगी चितवन, काठमाडौँ र भारत जानु पर्ने अवस्थाको अन्त्य भएको राप्ती उपक्षेत्रीय अस्पताल प्रशासनले जनाएको छ । 
 
क्यान्सर रोगको उपचारमा आवश्यक पर्ने प्रयोगशाला र किमो थेरापीको व्यवस्था यहाँ नहुँदा क्यान्सर रोगीलाई समस्या पर्ने गरेको चिकित्सकको भनाई छ ।
 
अस्पतालका शल्यचिकित्सक रमेश बस्नेत, रामपुकार शाह र स्टाफ नर्ससहित चार जनाको टोलीले थापामगरको क्यान्सरको सफल शल्यक्रिया गरेको जनाएको छ । शल्यक्रियापछि उनलाई अहिले घर पठाइएको छ । रासस 
 

ईआइसिटी नेपाल प्रालिद्धारा संचालित हाम्राकुरा डटकममा प्रकाशित कुनै पनि सामाग्री ईआइसिटी नेपालको पूर्व जानकारी विना हुवहु एवं आंशिक रुपमा समेत कपी गरि प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर ईआइसिटी नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सवैलाई सचेत हुन जानकारी गराइन्छ।

नयाँ