arrow

ऐश्वर्याको आत्महत्या अफवाहबारे अमिताभ मौन, हिमेशको प्रशंसै प्रशंसा

logo
प्रकाशित २०७३ मंसिर २४ शुक्रबार
amitabhbachhhan.jpeg
एजेन्सी । केहि समय पहिले पूर्व विश्व सुन्दरी तथा बलिउडकी नायिका ऐश्वर्या राय बच्चनले आत्महत्याको प्रयास गरेको समाचार सामाजिक सञ्जालमा भाइरल भएको थियो । समाचारमा बच्चन परिवारकी बुहारी ऐश्वर्याले पछिल्लो चलचित्र ‘ऐ दिल हे मुस्किल’ मा दिएको यौनिक दृश्यले परिवारबाट आलोचना खेप्नु परेको भन्दै आत्महत्याको प्रयास गरेको चर्चा चलेको  थियो । 
 
सो बारे अमिताभ बच्चनसँग प्रश्न गर्दा उनले कुनै प्रतिक्रिया जनाएनन् ।  पछिल्लो समय अमिताभ, हिमेश रेशमिया र यूलिया वंतूरको म्यूजिक एल्बम 'ये हे मेसिकी' को लन्च कार्यक्रममा सहभागि भएकामा उनलाई प्रश्न सोधिएको थियो ।  प्रश्न सुनेपछि अमिताभले कुनै प्रतिक्रिया जनाएनन् ।  मौन बसिरहे।
 
अमिताभले आफुलाई बोलाइएको कार्यक्रममा आयोजकको निकै प्रशंसा गरे  हिमेश र यूलियाको एल्बमका बारेमा अमिताभले भने , "हिमेश निकै ट्यालेन्ट छन् । उनि गाउने र म्यूजिक कम्पोज आफैले गर्छन् , जुन निकै गाह्रो काम हो । म उनि जतिको ट्यालेन्ट छैन । मलाई थाहा छैन उनले मलाई एल्बम सार्वजनिक कार्यक्रममा किन बोलाए ? " सो कार्यक्रममा अमिताभ लगायत पूजा बनर्जी र अलंकृता सहाय पनि सहभागि भए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ