- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले पदाधिकारी मनोनयन गरेको छ । शुक्रबार बसेको कार्यसमिति बैठकले मणि कुँवरलाई वरिष्ठ उपाध्यक्ष बनाएको छ भने विरबहादुर खड्कालाई उपाध्यक्ष मनोनित गरेको छ ।
विरबहादुर यसअघि सिन्धुपाल्चोकको अध्यक्ष थिए । कार्यसमितिले मणि कुँवरलाई विधान विपरीत वरिष्ठ उपाध्यक्ष बनाएको भन्दै उपाध्यक्ष किशोर राई, सदस्यद्वय पंकज नेम्बाङ र वसन्त अर्यालले नोटअफ डिसेन्ट लेखेका छन् ।
यद्यपि, एन्फा प्रवक्ता इन्द्रमान तुलाधरले भने पहिलेकै चलन अनुसार कुँवरलाई वरिष्ठ उपाध्यक्ष बनाइएको बताएका छन् । उनले भने, ‘विधानमा कार्यसमिति गठन गर्दा वरिष्ठ उपाध्यक्षको पद छैन । यद्यपि, कार्यसमितिले ल्याउने भन्ने पुरानै प्रावधानका आधारमा ल्यायएको हो ।
जसरी ललितकृष्ण श्रेष्ठ र नरेन्द्र श्रेष्ठलाई कार्यसमितिले ल्याएको थियो त्यसरी नै ल्याइएको हो ।’ विधानको अर्को धारामा वरिष्ठ उपाध्यक्ष बनाउने भन्ने छ ।
नेम्बाङले राखेका चार प्रस्ताव
पंकज नेम्बाङले बैठकमा चार वटा प्रस्ताव राखेका छन् । उनले अहिले सम्म फुटबल खेलाडीलाई दिइएको फ्ल्याट पुरस्कारबारे १ महिनाभित्र छिनो फानो हुनु पर्छ भने । एन्फाले पैंसा तिरिसकेको अवस्थामा कम्पनीले किन नदिएको ? उनले प्रश्न गरे । नभए उनीहरुलाई पैंसा नै दिने हो कि, राकेश, रितेशले लगायतले अझै दिएको पुरस्कार पाएका छैनन् ।
यस्तै, एन्फाले हाल चलाइरहेको १८ वटा खालामा आवश्यक ६ वटा मात्रै चलाइनु पर्छ भनेर नेम्बाङले प्रस्ताव राखेका छन् । यसैगरी प्रशिक्षकहरु अहिले भाडाका गाडीमा चढाउने गरिएको भन्दै उनले किस्ता बन्दीमै भएपछि आफ्नै गाडी ल्याउनु पर्ने बताएका छन् । त्यस्तै दुई वर्ष अघि दुर्गम १० वटा जिल्लालाई दिने भनिएको १०–१० लाख रुपैंया तत्काल दिनु पर्नेमा समेत उनले जोड दिएका छन् ।
गणेश थापाले गाडी फिर्ता गरे !
निलम्बनमा परेको एक वर्ष पुग्न लागेपछि गणेश थापाले आफुले चढ्ने गाडी फिर्ता गरेका छन् । शुक्रबारको कार्यसमिति बैठकमा अध्यक्ष नरेन्द्र श्रेष्ठले गणेश थापाले गाडी फिर्ता गरेको जानकारी गराए भने गाडी पनि देखाएका छन् । यतिन्जेल सम्म थापाले नै गाडी चढ्दै आएका बताइएको छ ।