arrow

'छतारा' पुर्ण साक्षर गाविस घोषणा

logo
प्रेम रौले,
प्रकाशित २०७३ मंसिर २५ शनिबार
Bajura-hamrakura.jpg.jpeg.jpeg
बाजुरा।  बाजुराको छतारा गाविसलाई एक कार्यक्रमका वीच पुर्ण साक्षर गाविस घोषणा गरिएको छ । गाविसमा रहेमा रहेको कुल जनसंख्याको ९५ प्रतिशत जनसंख्या   साक्षर भएकाले गाविसलाइ अनिवार्य आधारभुत शिक्षा तथा पुर्ण साक्षर घोषणा गरिएको गाविस सचिव दिल बहादुर बुढाले बताए ।  गाविसमा ४ हजार ६ सय ३५ जनसंख्या रहेको छ  । त्यस मध्ये महिला,पुरुष सहित सबै गरी ९८ प्रतिशत साक्षर रहेका छन् ।,
 
सचिव बुढाले नेपाल सरकारको मापदण्ड अनुसार ९५ प्रतिशत १५ वर्ष देखि ६० वर्ष उमेर सुमहका महिला पुरुष साक्षर भए पुर्ण साक्षर घोषणा हुने बताए । गाविसमा रहेका विद्यलायहरुको गाउँ शिक्षा निर्माण भएको हुनुपर्ने,विद्यालय सुधार तथा अध्यावधिक योजना बनाएको हुनुपर्ने र गाविसमा रहेका बालबालिकाहरु  स्कुल बाहिर हुनुनपर्ने जस्ता मापदण्ड पुरा गरिएकोले छतारा गाविसलाइ अनिवार्य तथा आधारभुत शिक्षा तथा पुर्ण  साक्षर घोषणा गर्न सफ भएको सचिव बुढाले जानकारी दिए ।
 
नेपाल सरकारको मापदण्ड ९५ प्रतिशत साक्षर हुनुपर्ने भएपनि छतारा गाविसमा भनो ९८ प्रतिशत साक्षर भएकाले जिल्लाकै पहिलो पुर्ण साक्षर घोषणा गर्न सफ भएको बताए । अहिले गाविसमा महिला दुइ हजार सात सय १८ प्रतिशत साक्षर रहेका छन्,भने पुरुष एक हजार ९ सय १७ प्रतिशत साक्षर  रहेको गाविसले जनाएको छ । गाविसले आगामी दिनमा कोही पनि निरक्षर नहुन दिन यसलाइ निरन्तरता दिने गाविस सचिव बुढा बताउछन्  । “छतारा गाउँ विकास समितिको एउटै इच्छा, गुणस्तरिय जीवनका लागि अनिवार्य शिक्षा” भन्ने नारका साथ शनिवार अनिवार्य तथा आधारभुत शिक्षा तथा पुर्ण साक्षर गाविसलाइ घोषणा गरिएको छ ।
 
गाउँ विकास समिति  छताराको आयोजना,जिल्ला शिक्षा कार्यालय बाजुराको समन्वय र पीसविन बाजरा सेभ द चिल्ड्रेनको आर्थिक  सहयोगमा अनिवार्य तथा आधारभुत शिक्षा तथा पुर्ण  साक्षर घोषणा गरिएको पीसविन बाजुराका कार्यक्रम प्रबन्धक जुद्ध बहादुर रावलले बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ