काठमाडौं । अन्ट्राटिका महादेशको शिखर भिन्सन आसिफ आरोहणको तयारिमा रहेका विश्व पर्वतारोहि संजय पण्डितलाई शनिवार टि.वि. आई ग्रुपले ३ लाख सहित सम्मान गरेको छ ।
नेपाललाई पर्वतारोहणको क्षेत्रवाट संसारलाई चिनाउन अथक भुमिका खेलेको हुनाले एन्ट्रारटिका महादेशको आरोहणको लागि उनलाई सहयोग गरिएको हो । कार्यक्रममा टि.वि.आई ग्रुपका कार्यकारी निर्देशक राजु नेपालले ३ लाख बरावरको चेक हस्तान्तरण गरे ।
पण्डितले विश्वको सर्वोच्च शिखर सगरमाथा , किलर माउण्टेनको रुपमा चिनिएको मनासलु, आइल्याण्ड पिक, छुकुन्ङग्री पिक, नागरजुन पिकको सफल आरोहण गरेका छन् । त्यस्तै उनले अफ्रिकाको शिखर किलिमञ्जरो तथा अष्ट्रेलियाको शिखर कोजियस्को दौरा सुरुवाल र भादगाँउले टोपि लगाई आधार शिविर देखि शिखर सम्म उल्टो हिँडेर सफल आरोहण गरेका थिए । पण्डितले युरोपको शिखरमा ६ मिनेट अर्धनाङ्गीएर रेकर्ड कायम गरेका थिए ।