arrow

खोटाङको दिक्तेलमा भीषण आगलागी, तीन घर ध्वस्त

logo
प्रकाशित २०७२ पुष २ बिहिबार
aaglagi.jpg.jpeg
खोटाङ । दिक्तेल नगरपालिकामा दिउँसो भीषण आगलागी भएको छ । दिक्तेलस्थित रत्नपार्कमा भएको आगलागीबाट तीन घर पूर्ण रुपमा जलेका छन् । स्थानीयवासी हिरालाल पुरीको कपडा पसलबाट दिउँसो ३ बजे सुरु भएको आगो साँझसम्म नियन्त्रणमा आउन सकेन ।
 
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नगरपालिकाको दमकल र स्थानीयवासी  आगो नियन्त्रणमा जुटेका छन् । आगोले करोडौँको क्षति भएको प्रारम्भिक अनुमान छ । आगलागीको कारण खुलेको छैन । आगलागीले भएको क्षतिको बिस्तृत विबरण आउन बाँकी छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ