arrow

इङलिश प्रिमियर लिगमा आर्सनल शीर्षमा, म्यानचेष्टर सिटीलाई झड्का

चेल्सीलाई फाइदा

logo
प्रकाशित २०७३ मंसिर २६ आइतबार
arsenal.jpeg
इमाइरेट्स । इङलिश प्रिमियर लिग फुटबलमा आर्सनल शीर्ष स्थानमा पुगेको छ । १५ औं खेलमा शनिबार राति स्टोक सिटीलाई घरेलु मैदान इमाइरेट्स रंगशालामा ३–१ ले हराउँदै आर्सनल शीर्ष स्थानमा पुगेको हो । 
 
Theo Walcott continued his excellent goalscoring start to the season to pull Arsenal level in the first half against Stoke
 
आर्सनलको १५ खेलबाट ३४ अंक हुँदा चेल्सीको १४ खेलबाट ३४ अंक नै छ । गोलअन्तरमा आर्सनल अगाडि छ । 
 
 
Walcott and Alexis Sanchez rush over to congratulate the goal scorer after as Ozil slides on his knees in celebration
आर्सनललाई जिताउन थिओ वाल्कोट, मेसुट ओजिल र एलेक्सिज ओबीले एक एक गोल गरे । 
 
यता, म्यानचेष्टर सिटीलाई भने झड्का लागेको छ । साविक उपविजेता म्यानचेष्टरलाई साविक विजेता लेस्टर सिटीले घरेलु मैदानमा ४–२ ले हरायो । 
 
Arsenal were a little sluggish in the opening stages of the first half and Stoke were able to get a firm foothold in the game
 
लेस्टरलाई जिताउने क्रममा जेमाइ भार्डीले सन् २०१२ पछि टिमका लागि पहिलो ह्याट्रिक गरे । त्यसैगरी एन्डी किङले एक गोल थपे । 
 
म्यानचेष्टर सिटीका लागि ४–० ले पछि परेको अवस्थामा कोलारोभ र निलिटोले सान्त्वना गोल फर्काए । 
 
Walcott has been in good form for Arsenal and continued in that vein against Stoke, evading Marc Muniesa
 
लिगमा आइतबार साँझ चेल्सीले वेष्टब्रोमसंग, म्यानचेष्टर युनाइटेडले टोटनह्यामसंग, साउथह्याम्पटनले मिडिल्सब्रोसंग तथा लिभरपुलले वेष्टह्यामसंग खेल्नेछ । 
 
Lee Grant continues to deputise for the injured Jack Butland and found himself under pressure when Sanchez blocked a pass
 
लिगमा लिभरपुल ३० अंकसहित तेस्रो स्थानमा छ । पराजित म्यानचेष्टर सिटी ३० अंकसहित चौथो स्थानमै थन्किएको छ ।  
 
 
 



नयाँ