arrow

मोदीलाई लडाइन् सनी लियोनले

logo
प्रकाशित २०७२ पुष २ बिहिबार
एजेन्सी । संसारकै सबैभन्दा ठुलो सर्च इन्जिन गूगलले  यो वर्ष सबैभन्दा बढी खोजी भएका भारतीय सेलिब्रेटीको सूचि सार्वजनिक गरेको छ। गूगलले जारी गरेको सूचिमा पोर्नस्टारबाट बलिउडको यात्रा तय गरेकी सनी लियोनको नाम एक नम्बर छ भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दश नम्बरमा रहेका छन्।
 
सुपरस्टार सलमान खान चर्चित अभिनेत्री क्याटरिना क्याफ, प्रियंका चोपडा, दीपिका पादुकोण तथा साहरुख खानलाईलाई पछि पार्दै  सनी लियोन सन् २०१५ को मोस्ट सर्च सेलिब्रिटी बनेकि हुन् । यो वर्ष प्रधानमन्त्री मोदी दशैं नम्बरमा पुगेका छन्। गत वर्ष मोदी धेरै खोजी हुने भारतीयको सूचिमा एक नम्बरमा थिए। यो वर्ष तेस्रो नम्बरमा पूर्वराष्ट्रपति एपिजे अब्दुल कलामको नाम छ।
 
गूगलले जारी गरेको लिष्ट यस प्रकार रहेको छ । 
१ सनी लियोन
२ सलमान खान
३ एपीजे अब्दुल कलाम
४ कैटरीना कैफ
५ दीपिका पादुकोण
६ शाहरुख खान
७ यो यो हनी सिंह
८ काजल अग्रवाल
९ आलिया भट्ट
१० नरेंद्र मोदी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ