arrow

प्रथम सुम्हात्लुङ मिनी म्याराथुन फिदिममा

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७३ मंसिर २६ आइतबार
Panchthar-hamrakura.jpg.jpeg
पाँचथर । किराँत लिम्वू जातिको मौलिक पर्व चासोक तङनाम २०७३ को अवसर पारेर पाँचथरको फिदिममा जिल्ला स्तरीय प्रथम सुम्हात्लुङ मिनी म्याराथुन प्रतियोगिताको आयोजना गरिने भएको छ ।
 
आगामी मंसिर २८ गते देखि शुरु हुने प्रतियोगितामा २५ जनाको सहभागिता रहने आज फिदिममा पत्रकार सम्मेलनको आयोजना गरी आयोजक सुम्जिरी सुम्हात्लुङ आम्बेपज संरक्षण एवम विकाश प्रतिष्ठानले जानकारी गराएको हो । 
 
सहभागिले सुम्हात्लुङ मन्दिर गढी देखि क्याम्पस मोड हुँदै चारबरे—जोरसाल—टारी हुँदै पुन सुम्हात्लुङ मन्दिरमै पुगेर ९ किलोमिटर दौडुपर्ने प्रतिष्ठानका उपाध्यक्ष उपेन्द्र लावतीले जानकारी दिए ।
 
 प्रतियोगितामा प्रथम हुनेले १५ हजार रुपैया नगद,द्धितिय हुनेले १० हजार रुपैया,तृतिय हुनेले ५ हजार रुपैया हात पापर्ने आयोजकले जनाएको छ । यस्तै सोही कार्यक्रममा सांस्कृतिक झाँकी,केलाङ,धाननाँच,हाक्पारे,मारुनी नाच,डम्फू नाँच,सुनवार नाँच,वालन र सँगिनी समेत प्रस्तुत गरिनेछ ।



नयाँ