arrow

सुशील र शेरबहादुरले सहयोग गर्ने भनेका छन् : पौडेल

logo
प्रकाशित २०७२ पुष २ बिहिबार
ramchandra_paudel.jpg.jpeg
इनरुवा । कांग्रेस उपसभापति रामचन्द्र पौडेलले १३ औं महाधिवेशनमा सभापतिको उम्मेदवारी कुनै हालतमा नछा्ने बताएका छन् । मोेरङको इनरुवा पुगेका उपसभापति पौडेलले आफूलाई पार्टी सभापतिमा समर्थन गर्ने विषयमा पार्टी सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवासँग छलफल भइसकेको सुनाए ।
 
महाधिवेशनमा आफूलाई सबैले सहयोग गर्ने जिकिर गर्दै उपसभापति पौडेलले उमेदवारीबाट पछी नहट्ने बताएका हुन् । परक प्रसंगमा उपसभापति पौडेलले नेपालमा हालै जारी भएको संविधान एसिया महादेशकै उत्कृष्ट रहेको ठोकुवा गरे । 
 
इनरुवामा भएको विचारगोष्ठीमा पौडेलले संविधानमा मधेसी, आदिवासी जनजाति, मुसलमानलगायत सबै जातजातिको अधिकार सुनिश्चित रहेको सुनाए ।  मधेसी मोर्चाले आन्दोलन छाडेर सहमतिमा आउनुपर्ने बताउँदै तराई मधेसमा आन्दोलनका नाममा असहिष्णुता बढ्दै गएको पौडेलको भनाई छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ