arrow

महास‌ंघका पदाधिकारीहरुसँग चिनियाँ राजदूतको भेट

logo
प्रकाशित २०७३ मंसिर २४ शुक्रबार
FNCCI.jpeg
काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारका, महासंघका पदाधिकारीहरु र नेपालका लागि चिनिया राजदुत यु हङबीच शुक्रबार चिनिया राजदुताबासमा दुईपक्षीय भेटवार्ता भएको छ। भेटमा महासंघका वरिष्ठ उपाध्यक्ष भवानी राणा, उपाध्यक्षहरु दिनेश श्रेष्ठ तथा शेखर गोल्छा र निमित्त महानिर्देशक मीना श्रेष्ठ सहभागी थिए । 
 
बैठकमा नेपालमा लगानीका अवसर, दुई देश बीचको व्यापार घाटा, दुवै देशका निजी क्षेत्रबाट व्यापार तथा लगानी प्रवद्र्धनका लागि भएका प्रयास, नेपाल चीन गैर सरकारी सहयोग मञ्चको नेपालमा हुन लागेको आगामी बैठकका सम्बन्धमा छलफल भयो । 
 
सो अवसरमा महासंघका अध्यक्ष मुरारकाले नेपालमा चिनिया लगानी आकर्षणका लागि कुटनीतिक माध्यमबाट पहल हुन आग्रह गर्दै पर्यटन, पूर्वाधार निर्माण, जलविद्युत लगायतका क्षेत्रमा पर्याप्त लगानीका अवसर रहेको जानकारी गराए। साथै उनले नेपालमा विदेशी लगानीका लागि भएका कानूनी प्रावधान तथा व्यवस्थाहरुका सम्बन्धमा जानकारी गराउनु हुंदै यतिखेर नेपालमा लगानीको लागि उपयुक्त समय भएको पनि स्पष्ट पारे । 
 
सो अवसरमा राजदुत यु होङले नेपालको विकास प्रयासमा निरन्तर साथ दिन पाएकोमा खुशी व्यक्त गर्दै महासंघका तर्फबाट उठान गरिएका विषयका सम्बन्धमा आगामी दिनमा के गरि नेपालमा बढी भन्दा बढी चिनिया लगानी आकर्षण गर्न सकिन्छ त्यसमा राजदूतावासका तर्फबाट आवश्यक सहयोग गर्ने विश्वास दिलाइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ