arrow

कालिञ्चोकमा निर्माणाधिन केबुलकार निर्माणमा रोक

logo
बिक्रम कार्की,
प्रकाशित २०७३ मंसिर २६ आइतबार
kalingchowkcablecar.jpeg
दोलखा।  दोलखाको प्रसिद्ध  मन्दिर कालिञ्चोकमा निर्माण हुन लागेको केबुलकारले  अनुमति नलिई गैरकानुनी रुपले वन अतिक्रमण गर्न लागेको भन्दै जिल्ला वन कार्यालयले काम रोकेको छ ।  कम्पनीले वन क्षेत्रको जग्गामा गैरकानुनी रुपले निर्माण थालेको जिल्ला वनले आरोप लगाएको छ । कम्पनीले भने उक्त जग्गा गुठी अन्तर्गत पर्ने हुनाले आफुले गुठी संस्थान सगँ सम्झौता गरेर निर्माण थालेको दाबी गरेको छ ।
 
जिल्ला वन कार्यालयको टोली र स्थानिय उपभोक्ताले आईतबार कालिञ्चोकको कुरीमा निर्माण हुन लागेको केबुलकार कम्पनीको भवनहरु भत्काएका छन् । 
जिल्ला वन कार्यलय दोलखाका प्रमुख बन अधिकृत विष्णु प्रसाद भण्डारीले झरेनी सामुदायिक वन क्षेत्र भित्र अनुमति नलिई निर्माण थालिएकाले भत्काउनुपरेको बताए ।सो वन  क्षेत्र २०५२ साल पछि जिल्ला वन कार्यालयले स्थानिय उपभोक्तालाई सामुदायिक वनका रुपमा ब्यबस्थापन गर्न अनुमति दिई हस्तान्तरण गरिएको भण्डारीले जानकारी दिए ।
 
दोलखाको कालिञ्चोक क्षेत्र स्थित लापिलाङ गाविसको झरेनी सामुदायिक क्षेत्रको जग्गा भित्र बन्न लागेको केबुल कारले वन अन्तर्गतका निकायबाट अनुमती नलिएको र कानुनी प्रक्रिया नपुर्‍याएको भन्दै आईतबार निर्माण रोकेको हो । कानुनी प्रक्रिया नपुर्‍याएको भन्द कार्यालय भवनका झ्याल ढोका र गाह्रो भत्काएर संरचना हटाईएको जिल्ला वनले जनाएको छ ।
 
झरेनी वन उपभोक्ता समुहका अध्यक्ष हिरा पाण्डेले वन अतिक्रमण गरेर पहुँचमा जर्बजस्ती निर्माण थालेकाले उपभोक्ताले स्वस्फुर्त रुपमा भत्काएको बताए । 
केबल कारको कम्पनी ब्यवस्थापन पक्षले भने केबलकार निर्माण हुन लागेको क्षेत्र बनजको नभई गुठीको जग्गा भएकाले आफुहरुले गुठी संस्थान सगँ सम्झौता गरेको दाबी गरेको छ । कम्पनीका सञ्चालक अशोक शिवाकोटीले कानुनी प्रक्रिया पुरा गर्दा गर्दै जिल्ला वन र उपभोक्ताले अराजक तरिकाले तोडफोड गरेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ