काठमाडौं। विराट कोहलीको दोहोरो शतक र रविचन्द्रन आश्विनको १२ विकेटका कारण भारतले ईङल्याण्डलाई चौथो टेष्ट क्रिकेटमा १ पारी र ३६ रनले पराजित गर्दै श्रृखंला आफ्नो पक्षमा पारेको छ। एक टेष्ट खेल्नु अगावै भारतले श्रृखंलामा ३-०को अग्रता लिएको छ।
टस जितेर पहिले ब्याटिङ गरेको ईङल्याण्डले आफ्नो पहिलो पारीमा ४०० रन बाएको थियो। ईङल्याण्डका केटन जेनिङ्ग्सले आफ्नो पहिलो टेष्टमा शतक प्रहार गरेका छन्। उनले ११२ रन बनाएका थिए। त्यसैगरि जस बट्लरले ७६ र मोईन अलीले ५० रनको योगदान दिएका थिए।
भारतकाालगि रविचन्द्रन आश्विनले पहिलो पारीमा ६ विकेट लिएका थिए भने रविन्द्र जडेजाले विकेट हात पारेका थिए।
पहिलो पारीको जवाफमा ब्याटीङ गर्न ओर्लेको भारतले विराट कोहलीको २३५ रनको मदतले ६३१ रन बनाएको थियो। भारतकालागि मुरली बिजयले १३६ र जयंत यादवले १०४ रनको योगदान दिएका थिए। ईङल्याण्डका अदिल रसिदले ४ विकेट लिएका थिए भने मोईन अली र जो रुटले २-२ विकेट हात पारेका थिए।
आफ्नो दोस्रो पारीमा ब्याटीङ गर्न ओर्लेको ईङल्याण्ड १९५ रनमा समेटिएको थियो। जो रुटले ७७ र जोनी बेयरस्टोले ५१ रन बाहेक अरु ब्याट्सम्यानले उल्लेखनिय योगदान गर्न सकेनन् । भारतकालागि आश्विनले ६ विकेट लिएका थिए। खेलका प्लेयर अफ म्याच विराट कोहली घोषित भए।