arrow

प्रधानमन्त्री कषि आधुनिकीकरण कार्यक्रम सुरु

logo
प्रेम रौले,
प्रकाशित २०७३ मंसिर २७ सोमबार
SAM_2891.jpeg
बाजुरा।बाजुरामा कृषि क्षेत्रको जैतुन अर्थात जोन कार्यक्रम लागु भएको छ । जिल्लामा जैतुनको प्रचुर सम्भावना बोकेको जैतुन खेर जादै भन्ने शिर्षकहरुमा संचार माध्यमहरुमा पटक पटक समाचार सम्प्रेषण हुदै आएका थिए । संचार माध्यमहरुमा उत्तरी भेगको कोल्टी र वाइ गाविसमा जैतुन क्षेत्रको लागि जिल्लाका सरोकारवालाहरुको ध्यान नगएको  समाचारहरु सप्रेषण हुदै आएकाले जिल्ला कृषि विकास कार्यालय बाजुरामा मातहतमा रही जैतुन जोन कार्यालय सहित १० वर्ष सम्म कार्यक्रम लागु हुने जोनका वरिष्ठ कृषि विकास अधिकृत विक्रम थापा क्षेत्रीले बताए ।  क्षेत्रीले जैतुनको सम्भावनाका खोजी र त्यसलाइ संरक्षण र जैतुनको प्रशोधन गर्नका लागि कार्यक्रम लागु भएको बताए ।
 
जैतुन खेती गर्नका लागि ५ हजार हेक्टर जमिन आवश्यक रहेकाले बाजुरामा प्रयाप्त रुपमा जैतुनको  खेती हुदै आएकाले यसलाइ प्रशोधन गर्नका लागि प्रशोधन स्थापना गर्न बताइएको छ । १० वर्षीय कार्यक्रममा १ खर्व ३० अर्व खर्च गरिने  थापाको भनाइ रहेको छ । विदेशी लगानी विना यो कार्यालय लागु भएको बताउनु भयो । कृषि क्षेत्रलाइ रुपान्तरित गरी आधुनिक व्यवसायिक बनाउन यसले सहयोग गर्ने बताइएको छ । 
 
कृषि उपजको विशिष्टीकरण क्षेत्र निर्माण गर्न,कृषिको मुल्य अधिवृद्धी र क्षमता अभिवृद्धी गर्न,नाफामुखी व्यवसायिक विकास गर्न र रोजगारीको अवसर सहित कृषिलाइ प्रभावकारी बनाउने कार्यक्रममो उद्देश्य रहेको छ । जैतुन जोनक कार्यक्रमले साना कृषि उत्पादन केन्द्र बनाउने भएको हो । प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यत्रमले पकेट र व्लक  क्षेत्र निर्धारण गरी जोन कार्यक्रम लागु गरिएको हो । जिल्लामा स्याउ र आलुको पकेट षेत्रमा प्रशोधन केन्द्र ब्लक निर्माण भएका छन् । आलुको पकेट क्षेत्र जयवागेश्वरी,काँडा आटिचौरमानाकोटका आधा वडाहरु रहेका छन,भने् स्याउको पकेट क्षेत्र पाण्डुसैन जुकोट गाविस रहेका छन् । 
 
व्यवसायिक उत्पादन केन्द्र व्लक तथा साना व्यवसायिक उत्पादन केन्द्र पकेट क्षेत्र विकास कार्यक्रम लागु भएको जिल्ला कृषि विकास कार्यालय बाजुराका वरिष्ठ कृषि विकास अधिकृत डाक्टर रामकृष्ण श्रेष्ठले बताए । श्रेष्ठले कार्यक्रमले उत्पादन र उत्पादकत्वमा बृद्धि गर्ने,कृषि यान्त्रिकरण कृषि पुर्वाधार विकास तथा व्यवसायिक प्रवद्र्धन गर्ने कार्यक्रमको मुख्य लक्ष्य रहेको सुनाए । 
 
डाक्टर श्रेष्ठले जिल्लाको जैतुन अवस्था र जैतुनको संरक्षण र व्यवसायिक बनाउनु पर्नेमा जोड दिए । जैतुन जोन कार्यक्रमका जिल्लामा ०७३ देखि ०८३  सम्म लागु हुने भएको छ । जैतुन प्रवद्र्धन गर्नका लागि ०७३।०७४ का लागि व्लक र पकेट क्षेत्र र  जैतुन जोनका लागि दुइ  करोड ८५ लाख खर्च बजेट विनियोजन भएको बताइएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ