arrow

सन्दीप लामिछानेको यु–१९ क्रिकेट टोली श्रीलंका जाँदै

logo
प्रकाशित २०७३ मंसिर २७ सोमबार
cricket-team--final.jpeg

काठमाडौ । १९ वर्ष मुनिको एसीसी एसिया कप क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाई भएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमबीच १५ सदस्यीय नेपाली टोलीको बिदाई भएको हो ।

राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्यसचिव केशव कुमार विष्टले खेलाडीलाई बिदाइ गर्दै उमेर समूहको क्रिकेटमा नेपालले राखेको साखलाई अझ उच्च पार्न शुभकामना दिए । नेपाली टोली मंगलबार दिउँसो श्रीलंका जाने बताइएको छ ।

आउँदो मंसिर ३० देखि पुस ८ गतेसम्म श्रीलंकामा हुने यु–१९ क्रिकेटका लागि राष्ट्रिय टोलीमा समेत परिसकेका लेग स्पिनर सन्दीप लामिछानेको कप्तानीमा नेपाली टोली घोषणा भएको थियो ।

नेपाली टोलीमा तीन जनाबाहेक सबै नयाँ अनुहार छन् । आयोजक श्रीलंकासँग खेल्दै नेपालले प्रतियोगितको सुरुवात गर्नेछ । प्रतियोगितामा आयोजक श्रीलंका, भारत र मलेसियासँगै नेपाल समूह ‘ए’मा छ । यस्तै, पाकिस्तान, बंगलादेश, अफगानिस्तान र सिंगापुर समूह ‘बी’मा छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ