काठमाडौँ । अन्ट्राटिका महादेशको शिखर भिन्समा सिफ आरोहणको तयारिमा रहेका विश्व पर्वतारोहि संजय पण्डितलाई संजयलाइ सेभेन समिट ट्रेकले सोमबार ३ लाख पचास हजार बराबरको सहयोग गरेको छ । नेपाललाई पर्वतारोहणको क्षेत्रवाट संसारलाई चिनाउन अथक भुमिका खेलेको हुनाले एन्ट्रारटिका महादेशको आरोहणको लागि उनलाई सहयोग गरिएको हो ।
कार्यक्रममा टानका बरिष्ठ उपाध्यक्ष तथा सेभेन समिट ट्रेकका प्रबन्ध निर्देशक ताशी लाक्पा शेर्पाले १ लाख रुपैया बराबरको चेक प्रदान गरे। शेर्पाले करिब २ लाख ५० हजार पर्ने डाउन जकेट,हेलमेट लगायत हिमाल चढ्दा आवाश्यक पर्ने सम्पुर्ण हिमालि कपडा पनि प्रदान गरे। पण्डितलाइ चाइनाको चर्चित हिमाली कपडा कैलास र नेपाल बनेको माउनंटेन गेअरले डेढ लाख बराबरको कपडा सहयोग गरेको हो।
पण्डितले किलर माउण्टेनको रुपमा चिनिएको मनासलु, विश्वको सर्वोच्च शिखर सगरमाथा , आइल्याण्ड पिक, छुकुन्ङग्री पिक, नागरजुन पिकको सफल आरोहण गरेका छन् भने अफ्रिकाको शिखर किलिमञ्जरो तथा अष्ट्रेलियाको शिखर कोजियस्को दौरा सुरुवाल र भादगाँउले टोपि लगाई आधार शिविर देखि शिखर सम्म उल्टो हिँडेर सफल आरोहण गरेका थिए भने युरोपको शिखरमा ६ मिनेट अर्धनाङ्गीएर रेकर्ड कायम गरेका थिए ।
पण्डितले जापान तथा अमेरिकाको शिखर पनि आरोहण गरिसकेका छन् ।पण्डितले सगरमाथा तथा मनास्लु ,सेभेन समिट ट्रेक्स एजेन्सीबाट सफल्तापुर्बक आरोहणका गरेका थिए। पण्डित याक गेअरका ब्रान्ड एम्बस्डर समेत हुन।