arrow

समितिमा इजरेलका प्रस्तावित राजदूत

आईटी, कृषि र पर्यटनलाई विशेष ध्यान दिनेछु- प्रस्तावित राजदूत पण्डित[भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १७ सोमबार
dhan-pd-pandit-isreal.jpg

काठमाडौँ । इजरेलका लागि प्रस्तावित राजदूत प्राध्यापक धनप्रसाद पण्डितले आफूले कृषि, सूचना प्रविधि र पर्यटन क्षेत्रको विकासमा केन्द्रित भएर काम गर्ने बताएका छन् । सोमबार संसदीय सुनुवाइ समितिको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै प्रस्तावित राजदूत पण्डितले सबै प्रदेशमा इजरेलसँग सहकार्य गरेर कृषि केन्द्रमार्फत सहकार्यमा काम गर्ने वातावरण निर्माणमा पनि आफू लागिपर्ने प्रतिबद्धता व्यक्त गरे । 

सकेसम्म सबै प्रदेशमा इजरेल सरकारको सहकार्यमा कृषि केन्द्र स्थापना गरी नेपालको कृषि क्षेत्रको समुन्नतिमा आफूले काम गर्ने उनको भनाई थियो । प्रस्तावित राजदूत पण्डितले नेपालले कृषि क्षेत्रलाई समुन्नत बनाउन सके ठूलो उपलब्धि हुने आफूले देखेकाले सोही उद्देश्य पूरा हुने गरी आफूले काम गर्न चाहेको पनि बताए ।
 
उनले भने,‘मेरो सेलेक्सन भएर काम गरेँ भने देशलाई केही न केही अहिलेको उपलब्धि देखाएर कम्तीमा २, नभए सबै राज्यमा कृषि केन्द्र बनाएर ज्वयन्टी काम गर्नसक्यौं भने इजरेली टेक्नेसियन पनि ल्याएर काम गर्नेछाँै । इजरेलीहरुले नेपालीहरूको आफ्नो देशमा गएपछि अल्छी हुन्छन् भनेको मैले सुनेको छु । सकेसम्म हामी नेपालको कृषिलाई मात्रै समुन्नत बनायौँ भने एउटा ठूलो काम हुनेछ । त्यसका लागि आइटी, कृषि र पर्यटन ३ वटा विषयलाई विशेष ध्यान दिनेछु ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ