arrow

एन्फा महासचिवले यसरी प्रेषित गरे नेपाली फुटबललाई आघात पुर्‍याएकाे पत्र

logo
प्रकाशित २०७३ मंसिर २८ मंगलबार
ANFA-NEW-bhaWn.jpeg

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले राष्ट्रिय लिग च्याम्पियन थ्रीस्टारलाई गरेको घातले नेपाली फुटबल गौरवमा ठेस पुर्‍याएको पत्र प्रेषित गरी माफि मागेको खुलेको छ । एन्फा महासचिव धिरेन्द्र प्रधानले मंसिर २४ गते बसेको कार्यसमिति बैठक लगत्तै थ्रीस्टारलाई पठाएको पत्रमा पटक–पटक क्षमा मागिएको छ । पत्रमा थ्रीस्टारले एएफसी कपको दोस्रो प्लेअपमा सहभागि हुन नपाएको विषयमा जानकारी माग गर्दै आधिकारिक धारणाका लागि पत्राचार गरेकोमा सो विषयमा व्यापक छलफल भएको जानकारी गराउन खोजिएको उल्लेख छ ।

गएको अगष्टमा मंगोलियामा एएफसी छनोट चरणमा सहभागि भइ समूह विजेताका रुपमा दोस्रो चरणको प्लेअफमा प्रवेश गरी नेपाली फुटबललाई गौरवान्वित तुल्याएको उल्लेख गर्दै पत्रमा भनिएको छ, ‘विगतमा एएफसीले छनोट चरण पारे गरेको क्लबलाई टिम इन्ट्रि गराउन क्लबकै नाममा पत्र पठाउने तथा सिधै अर्को चरणमा प्रवेश हुने गरेकोमा गत सेप्टेम्बरमा एन्फालाई पत्राचार गर्दा एएफसी कप २०१७ को इन्ट्रि गर्नु भनि पठाएको र उक्त पत्रमा क्लबको नाम नभएको कारण कुन् टिमलाई सहभागि गराउने भन्ने विषयमा सचिवालयको बुझाइमा भुलबस त्रुटि हुन गएकोमा एन्फा थ्रीस्टार क्लबप्रति क्षमा प्रार्थी छ ।’

पत्रमा अगाडी भनिएको छ, ‘यसरी एन्फा सचिवालयको प्राविधिक त्रुटि हुन गएकोमा थ्रीस्टार क्लबको मात्र नभई नेपाली फुटबल, खेल प्रेमीहरुको गौरवमा समेत ठेस पुग्न गएकोमा कार्यसमिति बैठकले उपाध्यक्ष वीर बहादुर खड्काको संयोजकत्वमा ३ सदस्यीय छानविन समिति गठन गरेको छ ।’ छानविन समितिले १५ दिन भित्र एन्फामा आफ्नो प्रतिवेदन बुझाई सत्य तथ्य सम्बन्धित थ्रीस्टार क्लब र नेपाली फुटबल खेल प्रेमीहरुमा गराउने प्रतिवद्धता गर्दछौं –पत्रमा भनिएको छ । पत्रको अन्तिममा त्रुटिले पर्न गएको आघातप्रति पुनः क्षमा मागिएको छ ।


 



नयाँ