पाँचथर। किराँत लिम्वू जातिको मौलिक पर्व चासोक तङनाम २०७३ को अवसर पहिलोपल्ट पाँचथरको फिदिममा आयोजना गरिएको जिल्ला स्तरीय सुम्हात्लुङ मिनि म्याराथन दौड प्रतियोगिताको उपाधि ताप्लेजुङ ढुङ्गेसाँघुका श्याम लिम्बूले उचालेका छन् ।
लिम्बूले ३० मिनेट १० सेकेन्डमा निर्धारित ९ किलोमिटर दुरी पार गर्दै उपाधि माथि आफ्नो हक जमाएका हुन् । प्रतियोगितामा पाँचथर लुङ्रुपाका अजुर्न राईले ३१ मिनेट ८ सेकेन्डमा र लुङ्पाकै बिराट फागोले ३२ मिनेट ३१ सेकेन्डमा निर्धारित दुरी पार गर्दै क्रमशः द्धितिय र त्रितिय भए ।
प्रतियोगिताको प्रथम, द्धितिय र त्रितियले क्रमशः ट्रफि, मेडल र प्रमाण पत्र सहित नगद १५ हजार, १० हजार र पाँच हजार प्राप्त गरेका छन् । ऐतिहासिक पर्यटकीयस्थल सुम्हात्लुङ क्षेत्रको पर्यटन प्रवद्र्धनको लागि सुम्जिरी सुम्हा?लुङ आम्बेपज संरक्षण तथा विकास प्रतिष्ठानले प्रतियोगिताको आयोजना गरेको हो ।