- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
एजेन्सी । अर्जेन्टाइनी स्टार एवं बार्सिलोनाका मुख्य फरवार्ड लियोनल मेसीले आफ्ना ६ वर्षीय फ्यानलाई भेटेका छन् ।
पाँच पर्षको हुँदा गत वर्ष उनले पोलिथिनको झोलामा मेसी र जर्सीको १० नम्बर लेखेर लगाएको फोटो सार्वजनिक भएपछि सनसनी फैलिएको थियो भने, मेसीले युनिसेफमार्फत उनलाई जर्सीनै पठाइदिएका थिए ।
स्पेनिश क्लब कतार पुगेका बेला उनले आफ्ना ती फ्यानलाई बल्ल भेटेका हुन् । ती फुटबल फ्यान हुन् मुर्तजा अहमदी । मुर्तजालाई भेटेको भन्दै मेसीले ट्वीट गरेका छन् ।
मेसीले ट्वीटको तस्वीर भने पुरानै राखेका छन् । गएको वर्ष फागुन पहिलो साता मेसीले आफ्नै हस्ताक्षरसहितको जर्सी मुर्तजालाई पठाएका थिए । जर्सीमा मेसीको दुई वटा हस्ताक्षर थियो । मुर्तजाका बुबा आरिफ अहमदीले मेसीले अटोग्राफ गरेको जर्सी युनिसेफकर्मीमार्फत प्राप्त भएको बाएका थिए ।
आरिफले भनेका थिए, ‘यो पाँच वर्षको उमेरमा जीवनको सबै भन्दा खुसीको क्षण हो ।’ त्यसअघि सोही महिना अफगान फुटबल फेडरेशनले च्यारिटेबल वर्षको अवसरमा मेसी र मुर्तजाबीच भेट गर्ने एक बैठकको आयोजना गर्ने प्रयास गरका थिए ।