arrow

विश्वका १० उत्कृष्ट विश्वविद्यालय जहाँ पढेपछि सहजै पाईन्छ जागिर

logo
प्रकाशित २०७३ मंसिर २८ मंगलबार
University_job.jpeg
काठमाडौं । तपाईं विदेश पढ्न जाँदै हुनुहुन्छ ? विदेश जाँदा कुन विश्वविद्यालय पढ्ने भन्ने चिन्ता पनि छ कि ? यी चिन्ताहरु छन् भने अब चिन्तित हुनु पर्ने अवस्था छैन । एक अध्ययनले विश्वका १० उत्कृष्ट विश्वविद्यालयको नामावली सार्वजनिक गरेको छ जहाँबाट स्नातक गरेका विद्यार्थीहरुले सहज रुपमा काम पाएको अध्ययनले देखाएको छ । 
 
टाईम्स हाईयर एजुकेसन नामक संस्थाले गरेको ग्लोबल युनिभर्सिटी अफ इम्प्लोईविलिटी २०१६ नामक अध्ययन प्रतिवेदनले उत्कृष्ट १० विश्वविद्यालयको नामावली सार्वजनिक गरेको हो । 
 
विश्वका कूल ३४ राष्ट्रका १ सय ५० विश्वविद्यालय र त्यहाँबाट स्नातक गरेका २५०० विद्यार्थीहरुमा गरेको अध्ययनबाट २०१६को उत्कृष्ट १० विश्वविद्यालयको नामावली सार्वजनिक गरेको हो । 
 
उक्त प्रतिवेदनमा कुन विश्वविद्यालय पढेका विद्यार्थीहरुलाई काम दिने रोजगारदाताहरुले मन पराउने गरेका छन् भन्ने विषय खोजी गरेको थियो । जसमा तल उल्लेखित १० विश्वविद्यालयलाई बढी रोगारदाताहरुले मनपराउने गरेको पाईएको हो । 
 
यसरी गरिएको अध्ययनले उत्कृष्ट १० मध्ये ६ वटा विश्वविद्यालय अमेरिकामा रहेको देखाएको छ । दुईवटा बेलायतमा र बाँकी दुई विश्वविद्यालय जर्मनी र जापानमा रहेको अध्ययनले देखाएको छ । कुने कुने हुन् उत्कृष्ट विश्वविद्यालय तल हेर्नुहोस् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ