काठमाडौं। प्रिमियर लिग अन्तर्गतको खेलमा आर्सनल र लेस्टर सिटी पराजित भएका छन्। अंक तालिकामा पहिलो हुने मौकाबाट आर्सनल चुकेको छ।
एभर्टन बिरुद्धको खेलमा आर्सनल २-१ गोलले पराजित भएको हो। खेलको २० औं मिनेटमा आर्सनलका एलेक्सी सान्चेजले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए।
४४औं मिनेटमा एभर्टनका सेमस कोलम्यानले गोल गर्दै खेल बराबरीमा ल्याई पुर्याएका थिए। त्यस्थै ८६औं मिनेटमा एस्ले विलियम्सले गोल गर्दै एभरटनलाई २-१को जीत दिलाएका थिए। खेलको ९०औं मिनेटमा एभर्टनका फिल जागिएल्काले रातो कार्ड इाएका थिए।
यो हारसँगै आर्सनलले गोल अन्तरले अंक तालिकामा पहिलो स्थान ओगट्ने मौका गुमाएको छ। पहिो स्थानमा रहेको चेल्सीको १५ खेलमा ३७ अंक रहेको छ भने आर्सनलको १६ खेलमा ३४ अंक रहेको छ। यो जीत सँगै एभर्टन १६ खेलमा २३ अंकका साथ सातौं स्थानमा पुगेको छ।
त्यसैगरि गत बर्षको प्रिमियर लिग बिजेता लेस्टर सिटी बोर्नमाउथसँग पराजित भएको छ। आफ्नो घरेलु मैदानमा बोर्नमाउथले लेस्टरलाई १-० गोल अन्तरले पराजित गरेको थियो। खेलको ३४ औं मिेटमा मार्क पगले बोर्नमाउथकालागि गोल गरेका थिए।
अंकतालिकामा बोर्नमाउथ १६ खेलमा २१ अंकका साथ ८औं स्थानमा रहेको छ भने लेस्टर १६ खेलमा १६ अंकका साथ १४औं स्थानमा रहेको छ।