arrow

पाँच तारे होटलको दादागिरी कायमै, याक एन्ड यतीले अझै कर तिरेन

महानगरपालिकाले कार्वाही गर्ने

logo
प्रकाशित २०७३ मंसिर २९ बुधबार
yak-and-yeti.jpeg
काठमाडौँ । दरबारमार्गमा रहेको याक एन्ड यती होटलले कर तिर्न अटेर गरेपछि काठमाडौँ महानगरपालिकाले कारबाहीको प्रक्रिया अघि बढाउने भएको छ । अन्य तारे होटल करको दायरामा आइसक्दा पनि याक एन्ड यतीले अहिलेसम्म सबै शीर्षकमा कर तिर्न आलटाल गरेपछि कारबाहीको प्रक्रिया सुरु गर्न लागेको कामपाले जानकारी गराएको छ । 
 
स्थानीय स्वायत्त शासन ऐन, २०५५ को दफा १६५ ९२० बमोजिम पहिलो चरणमा कामपाबाट उक्त होटललाई दिने सबै सेवा रोक्का गर्ने, दोस्रो चरणमा होटलको प्रशासन र लेखामा तालाबन्दी गर्दा पनि कर नतिरे तेस्रो चरणमा विद्युत् र खानेपानी सेवासमेत ठप्प पारी दिने महानगरपालिकाका राजस्व महाशाखा प्रमुख धु्रव काफ्लेले चेतावनी दिएका छन् । 
 
 उक्त होटलले करको विवरण बुझाइसकेको भए पनि उक्त विवरणसमेत गलत रहेको कामपाको ठहर छ । 
 
उनका अनुसार याक एन्ड यतीले कर तिर्नुपर्ने समय २० वर्ष पुगिसकेको भए पनि दुई वर्षअघि रु १० लाख मात्र दिएको छ, त्यो त एक वर्षको पनि पुग्दैन । 
 
होटलबाट वार्षिक करिब रु १० लाखदेखि १२ लाखसम्म कर उठ्ने महानगरले जानकारी दिएको छ । 
 
महानगरका अनुसार याक एन्ड यतीले संयुक्त राष्ट« संघीय एजेन्सीलाई भवन भाडामा दिएकाले त्यसको बहाल कर र केही जग्गासमेत भाडामा लिएकाले सोको पनि घरजग्गा कर तिर्नुपर्ने हुन्छ । 
 
महानगरले ती सबै कर तिर्न निर्देशन दिएपनि अटेरी गर्दै आएको उनले जानकारी दिए । 
 
अन्य तारे होटल भने महानगरपालिकाले घरजग्गा, सवारी तथा बहाल करमा कडाइ गरेसँगै करको दायरामा आएका छन् । 
 
काफ्लेका अनुसार आर्थिक वर्ष २०७२÷७३ मा होटलले करिव रु सात करोड बराबरको कर तिरेका छन् । 
 
काठमाडौँमा हाल १३ ओटा तारे होटल सञ्चालनमा छन् । यता अन्नपूर्ण, सोल्टी, द्वारिका होटल, ¥याडिसनलगायतका अन्य होटलले भने कर तिरिसकेका छन् । 
 
विसं २०५७ सालदेखि घरजग्गा कर असुल गर्न थालिएको हो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ