arrow

टेलिकमको प्रबन्ध निर्देशकमा संगीता नियुक्त, पदभार ग्रहण

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २३ आइतबार
sangita-pahadi-aryal-teleco.jpg

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल नियुक्त भएकी छिन् । 

मन्त्रिपरिषद्को गत बिहीबारको निर्णय बमोजिम सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आइतबार संस्थान ४६० (ख) को नियुक्ति पत्रबाट उनलाई कम्पनीको प्रबन्ध निर्देशक पदमा चार वर्षको पदावधि रहने गरी नियुक्त गरिएको हो । 

यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको गत १७ गतेको निर्णय बमोजिम उनले सोही मितिदेखि कम्पनीको निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् ।

नवनियुक्त प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले भारतको अलाहावाद युनिभर्सिटीबाट बीई र थाइल्याण्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एमई गरेकी छिन् । उनले २०४९ चैत २३ गतेबाट तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी नियुक्ति लिएर सेवा प्रवेश गरी २०५१ फागुन १० मा कम्पनीको सेवामा स्थायी नियुक्ति लिएकी थिइन् । 

उनी २०७८ माघ १८ गते नायब प्रबन्ध निर्देशक पदमा नियुक्त भएकी थिइन् । पदभार ग्रहण गर्दै अर्यालले आफूप्रति नेपाल सरकारले देखाएको विश्वास र सद्भावका लागि धन्यवाद व्यक्त गर्दै पदको गरिमा र सबैको आफूप्रतिको विश्वासलाई उच्च प्राथमिकतामा राखेर संस्थालाई थप उचाइमा लैजान आफ्नो पूर्ण उर्जा खर्चिने प्रतिबद्धता व्यक्त गरिन् । 

    
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ