arrow

टेलिकमको प्रबन्ध निर्देशक छनोटका लागि बिहीबारदेखि अन्तर्वार्ता, १७ जनाको आवेदन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १८ मंगलबार
nepal-telecom-building.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्तिका लागि अन्तर्वार्ताको मिति तोकिएको छ । प्रबन्ध निर्देशक छनोट गर्न सिफारिस समितिले योग्यता पुगेका आवेदकहरुलाई बिहीबार, शुक्रबार र शनिबार समय तोकेरै अन्तर्वार्तामा बोलाएको हो ।

प्रत्येक व्यक्तिलाई अन्तर्वार्ता तथा प्रस्तुतिकरणका लागि आधा–आधा घण्टा समय निर्धारण गरिएको छ । 

नेपाल टेलिकमको प्रबन्ध निर्देशकका लागि १७ जनाले आवेदन दिएका छन् । त्यसमध्ये १६ जनाको आवेदन स्वीकृत भएको थियो । यसरी आवेदन स्वीकृत भएकाहरुमा अनन्तप्रकाश मल्लिक, अनिलकुमार झा, कृष्णप्रसाद भण्डारी, कमल लामिछाने, केदारनाथ कोइराला, चिन्तामणि बराल छन्न् । 

त्यस्तै नागेन्द्रकुमार दास, बुद्धिप्रसाद आचार्य, प्रेमप्रसाद सिलवाल, डा. विमल आचार्य, रमेशप्रसाद जोशी, राजेश जोशी, लक्ष्मण महर्जन, शालिकराम सुवेदी, डा. शालिग्राम पराजुली, संगीता पहाडी समेतको नाम स्वीकृत भएको थियो । 

यी नामहरुमध्ये समितिले उत्कृष्ठ ३ जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ । त्यसमध्ये एक जनालाई प्रबन्ध निर्देशक नियुक्ति गर्नुपर्ने व्यवस्था छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ