arrow

थरिथरीका मृत्यु, राजनीतिक अस्थिरता र चरम अभावको जर्जरता

logo
प्रकाशित २०७२ पुष ३ शुक्रबार
new-PIC-f.jpg.jpeg
काठमाडौं । संविधान जारी भए यता राजनीतिक अस्थिरता निकै चुलिएको छ । दलहरुबीचको बेमेलको प्रत्यक्ष असर समुदायसम्म पुगेको छ । दलीय बेमेलकै झगडाले मुलुक अस्थिर मात्र नभई साम्प्रदायिक विभाजन र हिंसा बढेको छ । तराई मधेस आन्दोलनकै क्रममा अत्यास लाग्दा मृत्यु भए । अस्थिरताकै फाइदा उठाउँदै कयौं हिंसा भएका छन् ।
 
पछिल्लो समय मृत्युका घटना बढ्दै गएका छन् ।हिंसात्मक घटनासंगै पारिवारिक संकटले निम्तिएका मृत्युका घटनाहरु बढ्दै गएका छन् । विभिन्न प्रकृतिले दैनिक मृत्युका घटना घटिरहेका छन् । राजनीतिक दाउपेचकै कारण प्राकृतिक विपत्तीबाट घरबार विहिन भएकाहरु थप जोखिममा परेका छन् । उनीहरु सामान्य गास, बास र औषधी अभावमा छट्पट्टिरहेका छन् । बढ्दो चिसो र सितलहरले पीडितहरु जोखिममा परेका छन् । वैशाख १२ को भूकम्पले मानसिक रुपमा कमजोर भएका कतिपय नागरिकलाई वर्तमान अभाव र कालोबजारीले थप विछिप्त बनाएको छ । 
 
मुलुकको अस्थिरताको असर उनीहरुको राहत तथा पुनःस्थापना सम्म परेको छ । चरम अभावकै कारण हिंसाले प्रसय पाएको छ । वस्तु तथा सेवाको असहजताकै कारण दुर्घटना बढेका छन् । अस्थिरता र अभावकै पराकाष्ठा थरिथरीका मृत्यु देखिन थालेका छन् । 
 
बेपत्ता वृद्ध इनारभित्र मृत फेला
पश्चिम चितवनको नारायणी नगरपालिका–१२ बयरघारीका ६७ वर्षीय टीकाबहादुर बस्याल मृत फेला परेका छन् । चार दिनदेखि हराएका बस्याल खोजीका क्रममा इनारमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 
 
विषादी खाँदा मृत्यु
पूर्वी चितवनको कालिका नगरपालिकास्थित पदमपुरमा विषादी खाएका एक पुरुषको मृत्यु भएको छ । कालिका नगरपालिका–११ पदमपुरका ५३ वर्षीय पानबहादुर गुरुङको विषादीकै कारण मृत्युभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । नाम नखुलेको विषादी खाएका गुरुङको अवस्था गम्भीर बनेपछि चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्युभएको चितवन प्रहरीले जनाएको छ । विषादी खानुको कारण खुलेको छैन । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
 
सवारी दुर्घटनामा एकको मृत्यु, एक घाइते
पूर्व पश्चिम राजमार्गअन्तर्गत सुनसरीको हरिपुर–५ कोसी कटान क्षेत्रमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को २१ प ४१८२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हँुदा भारत गजियावादका इमरान खाँको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका सुनसरी हरिपुर गाविस–७ का अशोक मण्डलको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ