arrow

६० हजार हेक्टरमा सिचाई पुग्ने आयोजना दाङमा सुरु

logo
प्रकाशित २०७३ मंसिर २९ बुधबार
sichai.jpeg
दाङ । झण्डै १ लाख बिगाह क्षेत्रमा सिचाई हुने महत्वकाक्षी बृहत्तर दाङ उपत्यका सिचाई योजना कार्यालयको बुधबार तुलसीपुरमा उद्घाटन गरिएको  छ ।
नेपाली काग्रेसका केन्द्रीय सदस्य एबम सिचाई मन्त्री दिपक गिरीले सिचाई डिभिजन कार्यालय तुलसीपुरको हाताभीत्र उक्त योजना कार्यालयको उद्घाटन गरेका हुन्।
 
उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै मन्त्री गिरीले १० देखि १५ अर्ब रुपैयाको यो आयोजनाबाट झण्डै ६० हजार हेक्टर अर्थात १ लाख बिगाह क्षेत्रफलमा सिचाई हुने बताए । यसका लागि एशियाली बिकास बैक,जाईका लगायतका अन्तराष्ट्रिय सहयोगी दाताहरुसग कुराकानी भई रहेको जानकारी दिए । जिल्लाका स्थानिय खोलालाई ब्यबस्थापन गरिने छ भने सल्यानको शारदा नदीलाई डाइर्भसन गरिने उनले बताए।
 
मन्त्री गिरीले एक सय ४० मिटर मीटर उचाई र ३ दशमल ६ मीटर लम्बाई टनेल निर्माण गरिने बताए । त्यस्तै नदी,खोला,तालतलैया,जरुवा लगायत डिपबोरिङबाट समेत आबश्यकता अनुसार जिल्लाका बिभिन्न क्षेत्रमा सिचाई योजना पुर्‍याउने लक्ष्य रहेको उनले बताए ।   'बृहत्तर सिचाई आयोजनाले दाङको आर्थिक सम्बृद्धिमा कोशे ढुङा साबित हुने बिश्वास छ मन्त्री गिरीले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ