arrow

प्रचण्डका अर्थमन्त्री गरिब, खातामा जम्मा ८० हजार !

रोल्पाको घर गोठ जस्तो, ८ रोपनी पाखो जमिन सहकारीले उपयोग गर्दै

logo
प्रकाशित २०७३ मंसिर २९ बुधबार
krishna-bdr-mahara-111.jpeg

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालका दुई उपप्रधानमन्त्री मध्ये उपप्रधानम तथा अर्थमन्त्री कृष्णबहादुर महरालाई गरिब देखाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ढिलोगरी वुधबार सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार अर्थमन्त्री महरा गरिब देखिएका हुन् ।

महराको सम्पत्तिको नाउमा रोल्पा लिवाङ्–८ मा दुई तले पुरानो शैलीको घर र सोही शैलीको १ तले गोठ रहेको देखाइएको छ । यस्तै जमिनको विवरणमा  लिबाङमै ८ रोपनी पाखो जमिन पनि स्थानीय सहकारी संस्थाले प्रयोग गरिरहेको भनिएको छ ।

पारिश्रमिक बाहेक अन्य सुन, चाँदी, हिरा, नभएको र एभरेष्ट बैंकमा पारिश्रमिकको जम्मा ८० (विवरण भर्दा) मात्र रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

No automatic alt text available.

No automatic alt text available.

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ