arrow
ADVERTISEMENT

मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता

मन्त्रीहरूलाई प्रधानमन्त्रीको निर्देशन- ढिलो गर्ने सुविधा छैन [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २७ बिहिबार
kp-oli-05-27.jpg

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई विश्राम गर्ने सुविधा नरहेको भन्दै तीव्रताका साथ सरकारका काम कारबाही अघि बढाउन मन्त्रीहरूलाई निर्देशन दिएका छन् । बिहीबार सिंहदरबारमा उपप्रधानमन्त्री तथा मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गर्दै उनले मन्त्रीहरूलाई सो निर्देशन दिएका हुन् । 

उनले मन्त्रीहरूलाई विश्राम गर्ने, अलमल गर्ने, ढिलो गर्ने छुट नरहेको बताए । उनले अब कार्यक्षेत्रमा थप योजना र थप सक्रियताका साथ अघि बढ्नुपर्ने बताए । उनले सरकारका कामलाई तीव्रता दिने गरी अघि बढ्न आग्रह गरे। उनले बिस्तारै गराँैला नि भन्ने सोचले अहिलेसम्म काम हुन नसकेको भन्दै अब त्यो सोच नराख्न आग्रह गरे। उनले काममा तीव्रतासँगै योजनाबद्धता आवश्यक रहेको बताए । मन्त्रालयबीच एक अर्कालाई सहयोग गर्ने भावना हुन जरुरी रहेको बताए । 

उनले भने, ‘हामी अब कार्यक्षेत्रमा थप योजना र थप सक्रियताका साथ जानेछौँ । मैले अघिल्लो पटकमा पनि भनेको छु, हामी कामलाई तीव्रता दिनेछौँ । हाम्रो एउटा कमजोरी के रहेको छ भने काम बिस्तारै, बिस्तारै गर्ने भन्ने ढङ्गको अभ्यास छ । त्यस्तो होइन । हामीसँग ढिलो गर्ने सुविधा पनि छैन, अलमल गर्ने सुविधा पनि छैन । विश्राम गर्ने सुविधा पनि छैन । हामीले अत्यन्तै तीव्र गतिले काम अघि बढाउनुपर्ने छ । हामे गतिमा तीव्रता चाहिन्छ । काममा योजनाबद्धता चाहिन्छ । पारस्परिक एक अर्कामा साथ र सहयोग चाहिन्छ । एउटा र अर्को मन्त्रालय बीचको कोर्डिनेशन र कतिपय कुरा डुब्लिकेसन नहोस् । अधिकार, काम, खर्चको डुब्लिकेसन । त्यही एउटै चिज यसले पनि गर्ने, उसले पनि गर्ने भन्दा कसले गर्ने टुङ्गो नलाग्ने स्थिति बन्नु हुँदैन । जिम्मेवारीलाई पनि स्पष्टताका साथ कार्य सम्पादन गर्नुपर्छ ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ