arrow

अरुकाे उत्पादनमा अाँखा लगाएपछि पतञ्जलिमाथि कारबाही !

logo
प्रकाशित २०७३ मंसिर ३० बिहिबार
ramdev_Nepal-Business.jpeg
काठमाडौं । भारतीय योग गुरु बाबा रामदेवको पतञ्जलि आयूर्वेद औषधालयले अन्य कम्पनीको उत्पादनमा आफ्नो लेवल लगाएर विक्री गरेको भेटिएको छ । उनले खाद्य सुरक्षा तथा गुणस्तर ऐन २००६ को दफा ५२ र ५३को भावना विपरित अरुको उत्पादनमा आफ्नो लेवल लगाएको पुष्टि भएको भेटिएपछि पतञ्जलिलाई कारबाहीको फैसला गरिएको भारतीय सञ्चार माध्यम टाईम्स अफ इन्डियाले जनाएको छ । 
 
हैदरावादको अतिरिक्त जिल्ला न्यायधीस ललित नारायन मिश्रले पतञ्जलिलाई ११ लाखको जरिवाना तोक्दै भविष्यमा यस्ता प्रवृत्ति दाहोर्याए यस विषयमा कम्पनीमा थप अध्ययन गरेर दोषी भेटिए कारबाही गर्न निर्देशन पनि दिएको छ । 
 
पतञ्जलिका उत्पादनहरु विरुद्ध मुद्दा परेपछि २०१२ अगष्टमा पतञ्जलिको भनिएको उत्पादनमा अदालतले खाद्य सुरक्षा विभागलाई परीक्षण गर्न भनेको थियो । तर, त्यहाँ पनि पतञ्जलि दोषी भेटिएको थियो । 
 
उक्त फैसला डिसेम्बर १ मा नै गरिएको भएपनि यसलाई एकदिन अघि मात्रै सार्वजनिक गरिएको थियो । पलञ्जलिले गलत विज्ञापन गरिएको आरोप लागेका यस्ता छन् विज्ञापन ।
 
 
Image may contain: text



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ